बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

हतारमा सफ्टवेयरका कार्यक्रम

हतारमा सफ्टवेयरका कार्यक्रम


  • Dhorpatan News
  • जेष्ठ ३० २०८०, मंगलबार

साउन देखि योजना सम्झौता गरेर भौतिकप्रगती समयमै देखाउने लक्षलिएकानगरपालिका र गाउँपालिकामा जेठ लागेपछि बैठक, गोष्ठी, कार्यशाला, अभिमूखीकरण जस्ता धेरै कार्यक्रमभएका छन् । तीकार्यक्रममापालिकाकाप्रमुख देखि कर्मचारी व्यस्त छन् । कतिपयकार्यक्रममाबिभाग र मन्त्रालयको सहभागिता छ । सशक्तीकरण, तालिम र क्षमताबिकासकागतिविधिपनियही बेलाचलेका छन् ।

भौतिकबिकास सँगै मानवीयबिकास, सामाजिकबिकास क्षेत्रकाकामपनिहुनैपर्ने कामहुन् । तर दशमहिनाथाहानपाइएकाअधिकांस कार्यक्रमअहिले किन शुरु भए? यो अलि फरक ढंगले सोच्ने हो की?किनकी हार्डवेयरको काम सकेर योजना सक्यौं भन्ने पालिकाकाजनप्रतिनिधिअहिले किन यस्ता कार्यक्रममा बसेका छन् त ? यो बेलाआगामीबर्षको योजनाबनाएर नीतितथाकार्यक्रम र बजेट ल्याउने बेलाहो । तर उनीहरुले त्यताध्याननदिएर कार्यक्रममाध्यानदिएका छन् ।

खासमापूर्वाधार तर्फको बजेट के कतिखर्च भयो, कति बजेट फिर्ता भयो त्यो मुख्य कुरा होइन । तर कति रकमतालिम र गोष्ठीमा खर्च हुन्छ ?बर्षभरी गरिनुपर्ने कार्यक्रमहरु अन्तिम समयमाआएर एकैपटक किनगरिन्छन् यो बिषयमा सोच्नुपर्ने आबस्यकताहो एकै दिनचारवटा सम्मकार्यक्रममा सहभागिभएर शुभकामनादिनजनप्रतिनिधिलाइभ्याइनभ्याइहुने अबस्थाले हामीले के सिक्छौं होला?जव जेठ असार लाग्छ अनिमात्र यस्ता क्रियाकलापगरिनुपर्ने किनहो ? यहाँचासो राख्नुपर्ने भएको छ । झट्ट हेर्दा सामान्यलाग्ने यस्ता सफ्टवेयरको कार्यक्रममालाखौं रुपैयाँखर्च भैरहेको छ । तर हतार हतार गर्ने सशक्तीकरण, तालिम, गोष्ठी जस्ता कार्यक्रमले के उपलब्धीहोला? के साँचिकै चाहेको उद्देश्य पुरा होला त ?

बर्षभरी भौतिकपूर्वाधारका कामगर्दा कतिप्रतिशत पुरा भएनभनेर हामीनै ठेकेदारको बिरोध गर्ने, तर एउटा संस्थावाव्यक्तिले सशक्तीकरण, तालिमगोष्ठीका कार्यक्रमदुइचार घण्टामा सकेर हिड्ने । उपस्थितिबनाउने, भत्ताबितरण गर्ने, भएनभएको प्रगती देखाउने प्रवृत्ति राम्रो होइनकी । यदिहतार हतार गरेको कामले साँचिकै कुन स्थानमा परिवर्तन भएको छ ? एकै दिनबिहान, बेलुकी र दिउसो गरेर गरिएकाकार्यक्रमको उपलब्धी कसरी मापनहोला । कामको चटारो भैरहेको बेलामहिला, दलीत, अपांग, शिक्षक, बिद्यार्थी वाअन्य पेशाकर्मीलाई राखेर कार्यक्रमगरिने पद्दती पटक्कै मिलेको छैन । जसरी भौतिकपूर्वाधारका योजनाहरु साउनभदौमा सम्झौताभएर गरिएकाथिए त्यसैगरी यस्ता तालिम, गोष्ठी र अभिमूखिकरण जस्ता कार्यक्रमपनिहिउँदभर गर्न सकेको भए फुर्सदमालक्षित समुदायले धेरै सिक्ने थिए । उनीहरुको व्यवहारमापनि परिवर्तन आउने गथ्र्र्यो । योजनानिर्माणमा उनीहरु तत्कालै सहभागिबन्ने अबसर आउने थियो ।

वडा तहबाट योजनानिर्माणको काम सकेर मन्त्रालयतहमा पु¥याई सकियो, अनिबल्ललक्षित समुदायलाई छलफलमा राखिएको छ । सुझाव संकलन गरेझै भएको छ । ती सुझावआगामीबर्षकालागिमात्रलागू हुने अबस्था छ । तर आगामीबर्ष सम्मती सुझावहरु निस्कृय भैसक्छन् । आवस्यकता फेरिन्छन् र आगामीबर्षको नीति र बजेटमा तीबिषय समावेश पनिहुँदैनन् । हरेक बर्ष असारमाहुने यस्ता सफ्टवेयर कार्यक्रमहरुको फेहरिस्त, सुझाव र निष्कर्ष हेर्ने हो भने एकै प्रकृतिकाहुने गरेका छन् । अन्तिममाहतार हतार बील भरपाइ गरेर फरफारक गर्ने कामपनि हुन्छ । तसर्थ समाजबिकासमाभौतिकबिकास भन्दा बढी सामाजिक क्षेत्रको बिकास पनिहो भन्ने मनन् गरेर समयमै कामगर्ने बानीबसाल्ने हो की?

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->