शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

विपत् विरुद्ध पूर्वतयारी

विपत् विरुद्ध पूर्वतयारी


  • Dhorpatan News
  • असार १२ २०८०, मंगलबार

देशमा मनसुन भित्रिएको छ । नेपालको खेती प्रणाली मनसुनमै निर्भर छ । यो वर्ष हिउँदमा कम पानी प¥यो । त्यसको सोझो असर कृषिमै देखियो । बारीमा लगाइएका खेती सुके भने किसानले बर्खामा रोपिने धानको बीऊ पनि समयमै राख्न पाएनन् । तर, ढिलो गरी भित्रिएको मनसुनले सुरुमै बितण्डा मच्चायो । नेपालको पूर्वी भागमा जनधनको क्षति गराएको छ ।

अबका केही दिन देशभर भारी वर्षा हुने मौषम विभागको प्रक्षेपण रहेको छ । भारी वर्षा र त्यसपछि उत्पन्न हुने बाढी–पहिरोको जोखिम पछिल्ला दिनहरुम बढ्दै गएको छ । नेपालको भू–बनोटले पनि जोखिम बढाएको छ । अव्यस्थित बसोबास र जलवायू परिवर्तनको असर एकातिर छँदैछ, अर्कोतर्फ हाम्रो असन्तुलित विकासे कार्यक्रमहरु पनि क्षतिका लागि जिम्मेवार देखिएका छन् । भूकम्पले चिराचिरा पारेको क्षेत्र यसै पनि असुरक्षित छ भने डोजर अगाडि लगाएर गरिने विकासे कार्यक्रमले गाउँहरु झन जोखिमपूर्ण बनेका छन् ।जसले गर्दा अकाल मृत्यु , घरबारविहीन बन्ने अनि अबौंको सम्पत्ति स्वाहा हुने उपक्रम जारी रहेको छ ।

नेपालका प्रत्येक गाउँ–ठाउँमा अहिले मोटरबाटो लैजानुपरेको छ । मोटर गुडोस या नगुडोस्मोटर बाटो पु¥याइएको छ । बाटोलगायत विकासका योजना अघि बढाउँदा वातावरण अनि भू– बनोटको ख्याल गरिएको छैन ।
सुख–सुविधाका लागि आफैले ज्यान गुमाउनुपर्ने र जनधनको क्षति हुने गरी विकासे योजना तय गरिनु दुर्भाग्यपूर्ण छ । हाम्रा नीति निर्माता र जनप्रतिनिधिहरुले यतातर्फ ध्यान दिएकै छैनन् ।

मध्य असारबाट सुरु हुने र असोजसम्म रहने मनसुनले हरेक वर्ष औषतमा २ सय जनाको ज्यान लिने गरेको छ भने १७ अर्बभन्दा बढीको नोक्सानी पु¥याउँदै आएको छ । नेपाल बहुप्रकोपीय जोखिमको दृष्टिले २०औँ, जलवायु परिवर्तनमा पाँचौँ, बाढीपहिरोमा ३०औँ, भूकम्पीय जोखिममा ११औँ स्थानमा रहेको छ । जोखिम न्यूनीकरण गर्न सकिन्छ । वातावरणमैत्री विकास र उचित भू– उपयोग नीतिले जोखिम कम गराउँछ । यसको लागि पूर्वतयारी चुस्त बनाउनुपर्छ । उद्दार र राहतको लागि तम्तयार रहनुपर्छ हरेक वर्ष बर्खा लाग्दा पूर्वतयारीबारे सोच्ने र हिउँदमा बिर्सने प्रवृत्तिमा सुधार गरिनुपर्छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->