बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

औषधि व्यवसाय व्यवस्थित होस्

औषधि व्यवसाय व्यवस्थित होस्


  • Dhorpatan News
  • साउन १० २०८०, बुधबार

अनुगमनको क्रममा बागलुङ र कास्कीका औषधि पसलहरु नियम विपरीत संचालन भएको पाइएको छ । अनुगमनको सुइँको पाएसँगै कतिपय संचालकहरुले पसल नै बन्द गरेक छन् । अवैधानिक तथा मापदण्ड विपरीत संचालित पसलहरुलाई कारवाही गरिने प्रशासनको भनाइ छ ।

हरेक पटकको अनुगमनको क्रममा औषधि पसलहरुमा खोट नै खोट भेटिने गरेको छ । औषधि अत्यावश्यक तथा संवेदनशील बस्तु हो । यसको भण्डारणदेखि बिक्रीको लागि स्पष्ट मापदण्ड तोकिएको हुन्छ । तर, पसल संचालकहरुले ती मापदण्ड पूरा गर्दैनन् । मापदण्ड विपरीत भण्डारण हुँदा औषधिको गुणस्तर खस्कन्छ । म्याद गुज्रेको औषधिले रोग निदानमा सघाउँदैन । औषधिको मूल्यमा पनि त्यस्तै भद्रगोल रहेको छ । व्यवसायीहरुले जति मनलाग्दी तरिकाले औषधिको मूल्य तोक्ने गरेको पनि भेटिएको छ । डाक्टरको सिफारिस बिना बिक्री बितरणमा रोक लगाइएका औषधिहरुको खुलेआम बिक्री भइरहेको भेटिन्छ । औषधि पसलहरुले स्पष्ट देखिने गरी मूल्यसूची टाँस्नु पर्छ ।

तर, व्यवसायीहरुले त्यसको पालना गर्दैनन् । कतिसम्म भने औषधिबारे जानकारी नै नभएका व्यक्तिहरुले औषधि बिक्री गर्ने, एउटाको प्रमाणपत्र राखेर अर्काले पसल चलाउने तथा दर्ताबिनै संचालन गर्नेसम्मका कामहरु हुँदै आएका छन् । नेपालमा सबैभन्दा भद्रगोल र नियम नमान्ने व्यवसाय नै औषधि हो जस्तो देखिएको छ । फार्मेसी पढेकाले औषधि बिक्री बितरण गर्नुपर्छ । त्यसो भएन भने गलत औषधि पर्ने सम्भावना बढी हुन्छ । अर्कोतर्फ, पसलेहरु आफैं डाक्टर बन्ने प्रवृत्ति झन डरलाग्दो छ । यस्ता गलत कार्यहरु रोकिन्ुपर्छ ।

हरेक व्यवसाय गर्दा सम्बन्धित निकायमा दर्ता अनिवार्य छ । कानून विपरीत काम गर्ने छुट कसैलाई छैन । व्यवसायीले निश्चित नाफा लिन पाउँछन् । तर, उपभोक्ताको ढाड सेक्ने गरी जथाभावी मूल्य राख्ने अधिकार कसैसँग छैन । औषधिजस्तो मानव जीवनसँग जोडिएको बस्तुमा खेलबाड हुनुहुँदैन । गलत गर्नेमाथि सख्त कारबाही गर्दै औषधि व्यवसायलाई कानूनसम्मत र मापदण्ड अनुसार संचालन गराउनैपर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->