पोखरा/ तीजको अवसरमा हरेक वर्ष पोखराको लामाचौरमा हुँदै आएको ‘लामाचौर तीज महोत्सव–२०८०’ भदौ ३० देखि असोज १ गते सम्म हुने भएको छ । नव आदर्श सामुदायिक विकास समाजको आयोजनामा हुने महोत्सवमा राष्ट्रिय महिला तथा पुरुष भलिवल, अन्तर महिला समूह तीजगीत प्रतियोगिता, अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता, नरबहादुर बानिया स्मृति प्रदेशस्तरीय सितेरियो कराँते साथै राष्ट्रिय कलाकारहरूद्वारा सांस्कृतिक कार्यक्रमको प्रस्तुति मेलाको मुख्य आकर्षणको रुपमा रहेका छन् ।‘लामाचौर तीज महोत्सव–२०८०’ को २५ औं संस्करणको तयारी तीव्र रुपमा भइरहेको अध्यक्ष स्वागतसिंह भण्डारीले जानकारी दिए ।





