शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

समद्धष्टि सहकारीको १२ औं साधारण सभा

समद्धष्टि सहकारीको १२ औं साधारण सभा


  • ढोरपाटन संवाददाता
  • साउन १४ २०८०, आइतबार

पोखरा/ नेत्रहीन संघ कास्कीको संरक्षकत्वमा संचालनमा आएको समद्धष्टि बचत तथा ऋण सहकारी सस्थाको १२ औं साधारण सभा शनिबार सम्पन्न भएको छ ।

साधारण सभाको उद्घाटन गर्दै गण्डकी प्रदेश सहकारी डिभिजन कार्यालयका रजिष्ट्रार रोशन अर्यालले शारिरिक रुपमा जो कोही पनि कमजोर हुन सक्छ तर मानसिक रुपमा कमजोर नभइ गरिएका कामले जीवन संचालनमा सहयोग पु¥याउने बताए ।

समद्धष्टि बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष लक्ष्मण सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा नेत्रहीन संघका केन्द्रीय महासचिव शिशिर खनाल,कास्की नेत्रहीन संघका अध्यक्षश्रीकान्त सापकोटा,रष्ट्रिय अपाङ्ग महासंघका गण्डकी प्रदेशका अध्यक्ष खोमराज शर्मा,जिल्ला सहकारी संघका बरिष्ठ उपाध्यक्ष छविलाल लामिछाने,वचत तथा ऋण सहकारी सस्था कास्कीका उपाध्यक्ष श्रीकान्त ढुगाना,राष्ट्रिय अपाङ्गता महासंघका सचिवाल सदस्य रमेश पोखरेल र साना किसान लघुवित्त पोखरा ईकाइका प्रमुख विदुर अर्याललगायतले सहकारी आय आर्जनको क्षेत्रमा लगानी वढाउदै स्वरोजगार सृजना गर्नु पर्नेमा जोड दिएका थिए ।

२०६८ सालमा स्थापना भएको सस्थामा हाल दुई सय ३० शेयर सदस्यहरुबाट रु ७० लाख ९१ ह्जार पाँच सय शेयर पूँजी बनाउन सस्था सफल भएको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->