शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

मालेपाटनमा भदौ अन्तिम साता तीज गीत तथा खेलकुद प्रतियोगिता हुँदै

मालेपाटनमा भदौ अन्तिम साता तीज गीत तथा खेलकुद प्रतियोगिता हुँदै


  • ढोरपाटन संवाददाता
  • साउन २९ २०८०, सोमबार

पोखरा/  पोखरा-५ मालेपाटनमा सुर्यचन्द्र विकास समाजले तीज गीत तथा खेलकुद प्रतियोगिता गर्ने भएको छ । हिन्दु नारीहरुको चाड हरितालिका तिजका अवसरमा भाद्र २९ गतेदेखि असोज १ गतेसम्म प्रतियोगिता गर्न लागेको हो ।

तिज विशेष कार्यक्रम अन्तरगत खुला तिज गीत प्रतियोगिता, महिलाहरुको खेल कार्यक्रम लठ्ठो तान्ने, घैटो फुटाउने, म्युजिकल चियर र अन्तर माविस्तरिय छात्रा बास्केटबल प्रतियोगिता हुनेछ ।

तीज गीत प्रतियोगिताको प्रथम हुने टिमले ४० हजार रुपैयाँ, दोस्रो हुनेले ३० हजार रुपैयाँ, तेस्रो हुनेले २० हजार र सान्त्वना हुने टिमले ७ हजार रुपैयाँ प्राप्त गर्नेछन् । साथै उत्कृष्ट भेषभुषा र उत्कृष्ट नृत्य विधामा पनि पुरस्कार राखिएको आयोजकले जानकारी दिएको छ ।

तीज गीत प्रतियोगिताका लागि जम्मा १८ टिम दर्ता गरिने र भाद्र २५ गतेसम्म दर्ता गरिसक्नुपर्ने टिम संकलन संयोजक कर्ण बहादुर भुवाजीले जानकारी दिए ।

त्यस्तै खेलकुदको माविस्तरिय छात्रा बास्केटबलतर्फ प्रथम हुने टिमलाई नगद रु ३० हजार, दोस्रो हुने टिमलाई २० हजार रुपैयाँ प्रदान गरिने खेदकुद संयोजक विमल श्रेष्ठले जानकारी दिए ।

तीज संस्कृतिको जगेर्ना गर्दै महिला दिदिबहिनीहरुको क्षमता अभिवृद्धि गराउनुका साथै खेल क्षेत्रमा प्रतिभा जन्माउन खेलकुदका कार्यक्रम पनि आयोजना गरिएको समाजका महासचिव हेमराज भण्डारीले बताए ।

समाजकी अध्यक्ष कमला गौतमको अध्यक्षतामा बनेको मुल समारोह आयोजक कमिटी अन्तरगत विभिन्न उपसमितिहरु निर्माण गरिएको छ । तिज विशेष कार्यक्रमको अनुमानित खर्च ६ लाख ८० हजार रहेको र विभिन्न संघसंस्था, सामाजिक व्यक्तित्व, आमा समूह, युवा क्लब, टोलविकासहरुको सहयोगबाट कार्यक्रम सम्पन्न गरिने अध्यक्ष गौतमले बताइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->