पोखरा/ पोखरामा पहिलो पटक मुटुकै ठुलो शल्यक्रिया (अप्रेसन) कम्प्लिक्स हार्टको शल्यक्रिया सफल भएको छ । पो खरा नागढुंगास्थित चरक मेमोरियल अस्पतालमा मुटुको सफल शल्यक्रिया सफल भएको हो । मनमोहन अस्पतालका विभागीय प्रमुख समेत रहेका वरिष्ण मुटुरोग विशेषज्ञ डा.अनिल भट्टराई नेतृत्वको टोलीले ४५ वर्षीय पुरुषको ओपनहर्ट सर्जरी सफलतापूर्वक गरिएको हो ।





