शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

ग्रीन डेभलपमेन्ट बैंकको रक्तदानमा ५२ युनिट संकलन

ग्रीन डेभलपमेन्ट बैंकको रक्तदानमा ५२ युनिट संकलन


  • ढोरपाटन संवाददाता
  • भाद्र ११ २०८०, सोमबार

पोखरा/ ग्रीन डेभलपमेन्ट बैंक र लायन्स क्लब अफ पोखरा भद्रकालीले आयोजना गरेको रक्तादानमा ५२ युनिट रगत संकलन भएको छ ।

बैंकको ११ औं वार्षिकोत्सवको अवसर पारेर शनिबार न्युरोडस्थित बैंकको मुख्य कार्यालय परिसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो । लायन्स क्लब अन्तर्राष्ट्रिय ३२५ एल का गभर्नर परमेश्वर बरालले पहिलो रक्तदाता बैंकका प्रमुख कार्यकारी अधिकृत हरिबहादुर बुढाथोकीलाई ब्लड ब्याग हस्तान्तरण गरेर कार्यक्रम उद्घाटन गरे । बैंकका कर्मचारी, व्यवसायी, शुभचिन्तक, लायन्सका उच्च अधिकारीहरुको सहभागिता रहेको थियो ।

क्लबका पूर्व अध्यक्ष समेत रहेका बैंकका क्रेडिट हेड संयुक्त धाख्वाले सामाजिक उत्तरदायित्व अन्तर्गत लायन्ससँगको सहकार्यक्रम रक्तदान कार्यक्रम राखिएको बताए । बैंकका प्रमुख कार्यकारी अधिकृत बुढाथोकीका अनुसार पोखरामा मुख्य कार्यालय रहेको बैंकका ५ जिल्लामा १५ वटा शाखा छन् । वार्षिकोत्सवको अवसर पारेर रक्तदानसहित ११ वटा सामाजिक कार्य गरिएको उनले बताए ।

बैंकले वार्षिकोत्सवकै अवसर पारेर विभिन्न फिचरसहित ग्रीन पवित्र बचत योजना सार्वजनिक गरेको छ । साथै लकर सेवाको समेत सुरुआत गरेको छ । बैंकको चुक्ता पुँजी ५१ करोड ९० लाख रुपैयाँ छ । लायन्स क्लब अफ भद्रकालीका अध्यक्ष धनेन्द्र गुरुङले रक्तदान महत्वपूर्ण कार्य रहेको बताए । उनले जिवनमा गरिने अनेकौ धर्मभन्दा रक्तदान ठुलो धर्म रहेको सुनाए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->