शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

जिससले दियो वडा सदस्यलाई तालिम

जिससले दियो वडा सदस्यलाई तालिम


  • ढोरपाटन संवाददाता
  • भाद्र १३ २०८०, बुधबार

पोखरा/जिल्ला समन्वय समिति कास्कीको आयोजनामा कास्कीका स्थानीय तहका जनप्रतिनिधि वडा सदस्यहरूको लागि क्षमता अभिबृद्धी तालिम सोमबार सुरु भएको छ । तालिमको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले उद्घाटन गरे ।

पौडेलले विकासका र जनताका काम सहज ढंगबाट सम्पन्न गर्न जनप्रतिनिधिहरूलाइ थप सक्षम बनाउन तालिम आयोजना गरिएको बताए ।
सोमबार कास्कीका चारवटा गाउँपालिका र मंगलबार पोखरा महानगर अन्तर्गतका वडा सदस्यहरू सहभागी रहेको जिल्ला समन्वय अधिकारी नवराज बरालले जानकारी दिए । कार्यक्रममा विकासका योजना छनोट ,प्रक्रिया र विधि स्थानीय सरकार संचालनमा वडा सदस्यको भूमिका ,विद्यमान ऐन कानून लगायतका बिषयमा प्रशिक्षण प्रदान गरिने सो कार्यालयका सूचना अधिकारी झविश्वर रेग्मीले बताए ।

कार्यक्रममा गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक ऋषिराम पाण्डे, जिल्ला समन्वय अधिकारी नवराज बराल,शाखा अधिकृत झबिश्वर रेग्मीलगायतले सहजीकरण गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->