पोखरा/ नेपाल विद्युत प्राधिकरणको ३८ औँ वार्षिकोत्सवको अवसर पारेर पोखरामा वृक्षरोपण गरिएको छ ।
प्राधिकरण गण्डकी प्रादेशिक कार्यालयका अधिकृत भोलानाथ शर्माका अनुसार सेती पावरहाउसबाट सुरु गरिएको कार्यक्रमअन्तर्गत १३ वटै वितरण तथा उत्पादन केन्द्रमा विभिन्न जातका ३ सय बोटविरुवाहरु रोपिएको छ । नेपाल विद्युत प्राधिकरण गण्डकी प्रादेशिक कार्यालयका प्रादेशिक प्रमुख जगदिशचन्द्र जोशीले जलवायूको परिवर्तनले निम्त्याएको चुनौती चिर्न वृक्षरोपण गरिएको बताए । पोखरा केन्द्रका प्रमुख राजिव सिहंले लाइन बिस्तारको क्रममा बोटविरुवा काट्नुपर्ने बाध्यता हुने तर प्राधिकरणले रुख काट्न मात्र होइन् रुख रोप्न पनि जानेको छ भन्ने सन्देश दिन वृक्षारोपण गरिएको बताए ।





