शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

साइनिङ स्टारमा विद्यार्थीको स्वागत

साइनिङ स्टारमा विद्यार्थीको स्वागत


  • ढोरपाटन संवाददाता
  • साउन १८ २०८०, बिहिबार

पोखरा/ पोखरा–६ लेकसाइडस्थित साइनिङ स्टार बोर्डिङ स्कुलले कक्षा ११ मा भर्ना भई आएका नवआगन्तुक विद्यार्थीलाई स्वागत गरेको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि गण्डकी युनिभर्सिटीका डिन डा.कपिल उपाध्यायले विद्यार्थीहरुका लागि पाठ्यक्रमको पढाइमात्र पर्याप्त नहुने बताए । गण्डकी एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजीका डा.सन्तोष कोइरालाले जीवनपयोगी शिक्षाका बारेमा चर्चा गरे ।

विद्यालयका प्राचार्य अर्जुनप्रसाद पाण्डेले सुनिश्चित भविष्यका लागि विद्यार्थीहरुले दृढ संकल्प गर्नुपर्नेमा जोड दिए । उनले विद्यालयले विद्यार्थीहरुलाई शिक्षासंगै सामाजिक, सांस्कृतिक लगायत विविध पक्ष सिकाउँदै आएको बताए । एचएम कोर्डिनेटर विमल कुँवरले प्लस टु अध्ययनका लागि विद्यालय रोजेका विद्यार्थीहरुलाई धन्यवाद ज्ञापन गर्ने विद्यार्थीको चाहना विद्यालयले पुरा गर्ने प्रतिवद्धता जाहेर गरे ।

फिस्टेल माउण्टेन कलेजका राजु लामिछानेले साइनिङ स्टार बोर्डिङले विद्यार्थीहरुलाई लक्ष्यसम्म पु¥याउने विश्वास व्यक्त गरे । विद्यालयले प्लस टुतर्फ कलेज अफ म्यानेजमेण्ट, होटल म्यानेजमेण्ट, ट्राभल टुरिजम एण्ड कम्प्यूटर विषयमा अध्यापन गराउँदै आएको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->