शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

पोखराको पोहोर आजबाट उठाइने

पोखराको पोहोर आजबाट उठाइने


  • ढोरपाटन संवाददाता
  • साउन २३ २०८०, मंगलबार

कास्की/ पोखरा महानगरपालिकाले मंगलबारदेखि पोखरा २३ लामेआहालमा रहेको अस्थायी ल्याण्डफिल साइटमा नै फोहोर विसर्जन गर्ने भएको छ । स्थानीयको अवरोधका कारण रोकिएको फोहर विसर्जन जारी राख्ने उच्च अदालत पोखराको आदेशमा टेकेर कास्की जिल्ला सुरक्षा समितिको बैठकले सो निर्णय गरेको हो ।

कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेको अध्यक्षतामा सोमबार बसेको बैठकले फोहर विसर्जनलाई सुरक्षा प्रदान गर्ने निर्णय भएको छ । उच्च अदालत पोखराले अर्को व्यवस्था नभइञ्जेलसम्म लामेआहालमा फोहोर विसर्जन गर्ने बाटो खोलिदिए पनि मेयर धनराज आचार्यले स्थानीयको सहमतिपछि मात्र प्रक्रिया अगाडि बढाइने बताएका थिए ।

महानगरले सहमति जुटाउन वडा नम्बर २६ का वडाध्यक्ष नरेन्द्र थापा र ३२ का वडाध्यक्ष अक्कलबहादुर कार्कीलाई जिम्मेवारी प्रदान गरेको थियो । स्रोतका अनुसार स्थानीयहरु फोहोर विर्सजन नरोक्न सहमत भएका छन् । महानगरले यसअघि गएको प्ुस १५ गते भएको १६ बुँदे सहमति कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएको छ । ‘केही व्यक्तिहरु असन्तुष्ट भए पनि अब फोहोर रोकिँदैन भन्ने विश्वास छ,’ स्रोतले भन्यो । स्थानीयको अवरोधका कारण केही दिनयता पोखराको फोहोर उठेको छैन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->