बागलुङ/ सेती नदीमा खसेर बागलुङका एक पुरुष बेपत्ता भएका छन् । बागलुङको बडिगाड गाउँपालिका–३ घरभई पोखरा बस्दै आएका ३३ बर्षिय भक्तबहादुर राना पोखरा– २९ पटनेरीस्थित सेती नदीमा खस्दा बेपत्ता भएका हुन् । मंगलबार बिहान पोखरा बागमाराबाट पटनेरीतर्फ साइकलमा आउँदै गरेका राना बिहान पोखरा– २९ पटनेरीस्ति सेती नदीमा खसेर बेपत्ता भएको कास्की प्रहरीले जनाएको छ ।
साइकलमा यात्रा गरिरहेका बागलुङ घर भएका राना सेती नदीमा खसेको सूचनापछि नदीमा खोजि भैरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी श्रवणकुमार विकले जानकारी दिए । उनका अनुसार राना पोखरा महानगरपालिका– ३३ बागमारामा बस्दै आएको प्रहरीले जनाएको छ ।





