पोखरा/ पोखरा महानगरपालिकाले सार्वजनिक ठाउँमा फोहोर फाल्नेलाई जरिवाना गर्ने घोषणा गरेको छ । स्थानीयवासीको अवरोधका कारण पोखरा ३२ मा रहेको अस्थायी ल्याण्डफिल साइटमा फोहोर विसर्जन नहुँदा सडकमा यत्रतत्र फोहोर फालिएपछि महानगरले भएको नियमानुसार कडा कारवाही गर्ने घोषणा गरेको हो ।
पोखरा महानगरको फोहोर मैला व्यवस्थापन नियमावलीको नियम २४ को खण्ड (छ) मा गरिएको व्यवस्था बमोजिम घर, कम्पाउन्ड वा परिसरको फोहोर मैला सडक वा अन्य सार्वजनिक स्थलमा जथाभाबी राख्ने, फाल्ने वा थुपार्ने कसुर गरेको पाइए .५ हजार देखि १५ हजारसम्म जरिवाना गर्नसक्ने प्रावधान राखिएको छ । महानगरले सोही नियमावली अनुसार जथाभावी फोहोर फाल्नेहरुविरुद्ध अभियान थाल्ने भएको हो । १२ दिन सडकमा फोहोर थुप्रिएपछि महानगरले न्यूरोडलगायतका क्षेत्रमा फोहोर फाल्नेहरुमाथि निगरानी गरेको थियो ।
यतामहानगरपालिकाले पुनः पोखरा ३२ मा लामेआहालमा रहेको अस्थायी ल्याण्डफिल साइटमा फोहर विसर्जन गर्न सुरु गरेको छ । मंगलबार २९ वटा फोहोर बोक्ने गाडीहरुले त्यहाँ फोहर थक्याए ।
विभिन्न माग राख्दै स्थानीयवासीहरुले विगत १२ दिनदेखि अस्थायी ल्याण्डफिल साइटमा फोहर विसर्जन गर्न दिएका थिएनन् । फोहोरकै कारण सो क्षेत्रमा विभिन्न स्वास्थ्यसम्बन्धी समस्या निम्तिएको तथा महानगरसँग गएको पुस १५ गते भएको १६ बुँदे सम्झौता कार्यान्वयन नभएको भन्दै उनीहरु आन्दोलित थिए ।
अदालतसमेत गुहारेका स्थानीयवासीहरुले समस्या सल्टाउन त्यहाँ पुगेका मेयर धनराज आचार्यविरुद्ध नै नाराबाजीसमेत गरेका थिए । उच्च अदालत पोखराले चाहिँ लामेआहालमा फोहर कामलाई निरन्तरता दिने गरी साउन २१ गते अन्तरिम आदेश जारी गरेको थियो । अन्तरिम आदेश जारी भए पनि स्थानीयवासी खुसी थिएनन् । सोमबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले बल प्रयोग गरेर भए पनि त्यहाँ फोहोर फाल्ने निर्णय गरेको थियो । तर, स्थानीयलाई बेखुस बनाउँदै फोहर नफालिने बताएका मेयर आचार्यले सहजीकरणको लागि वडा नम्बर ३३ का अध्यक्ष रामचन्द्र अधिकारीलाई जिम्मेवारी दिएका थिए ।
वडाध्यक्ष थापा र अधिकारीले त्यसपछि पटक–पटक स्थानीय स्तरमा गठित संघर्ष समितिसँग वार्ता गरे । पोखरा २६ का वडाध्यक्ष थापाका अनुसार वार्ताको क्रममा उनीहरुले महानगरको तर्फबाट सम्झौता कार्यान्वयनमा भएको ढिलाइप्रति माफीमात्र मागेनन्,सम्झौता कार्यान्वयन गराउन कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए । स्थिति सहज बन्दै गयो । ‘फोहोर व्यबस्थापन गर्नु भनेको स्थानीयलाई बेवास्ता गर्नु होइन, बरु जनताको समस्याहरुको सुनुवाइको लागि झन बढीजिम्मेबार भएर समस्या समाधान गर्न लाग्नु हो भन्ने हामीले महसुस ग¥यौं,’ उनले भने,‘फोहर व्यवस्थापन कसैको हारजीतको विषय हैन,स्थानीयवासीकोमाग संवोधन हुने र फोहोर व्यवस्थापन हुने मध्यमार्गी बाटो तय भएको छ ।





