शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

स्वास्थ्य श्रमिकका समस्याबारे चर्चा

स्वास्थ्य श्रमिकका समस्याबारे चर्चा


  • ढोरपाटन संवाददाता
  • भाद्र १७ २०८०, आइतबार

पोखरा/ नेपाल स्वास्थ्यकर्मी संघ गण्डकी मेडिकल कलेज इकाइ समितिको आयेजनामा ‘असल श्रम समन्वय र श्रमिकका चुनौती’विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा वरिष्ठ हाडजोर्नी विशेषज्ञय प्राध्यापक डा.ईश्वर शर्मा कँडेल,वरिष्ठ बाल रोग विशेषज्ञय सह–प्राध्यापक डा शंकर पौडेल र संगठन व्यवस्थापन एंवम् परिचालन प्रमुख हरिबहादुर बस्नेतले श्रमिकका समस्या र चुनौतीका समसामयिक विषयमा बोलेका थिए ।

कार्यक्रममा नेपाल स्वास्थकर्मी संघ गण्डकी मेडिकल, कलेज इकाई समीतिका अध्यक्ष दीपक कार्कीले श्रमिकका समस्या समाधान गर्न युनियन सधँै तत्पर रहेको भन्दै संस्थाको प्रगति र विकासमा सधै इमान्दार एंवम् उतरदायी भएर कार्य क्षेत्रमा लाग्न आग्रह गरेका थिए ।
कायक्रममा कोषाध्याक्ष अमृत पौडेलले युनियनको वित्तीय विवरणबारे जानकारी दिएका थिए । कार्यक्रममा युनियनमा विशेष योगदान गर्ने बुद्धिहादुर थापा,किशान परियार र सूर्यबहादुर कार्कीलाई सम्मान गरिएको थियो ।

नेपाल स्वास्थकर्मी संघ गण्डकी मेडिकल, कलेज इकाई समीतिका अध्यक्ष दिपक कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य सल्लाहकार महेन्द्रराज कोइरालाले गरेका थिए भने कार्यक्रम संचालन सचिव राजन पोख्रेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->