शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

मालेपाटनमा भदौ अन्तिम साता तीज गीत र महिला खेलकुद प्रतियोगिता हुने

मालेपाटनमा भदौ अन्तिम साता तीज गीत र महिला खेलकुद प्रतियोगिता हुने


  • ढोरपाटन संवाददाता
  • भाद्र २० २०८०, बुधबार

पोखरा / पोखरा ५ मालेपाटनमा रहेको सुर्यचन्द्र विकास समाजले यस वर्षपनि तीज विशेष कार्यक्रम गर्ने भएको छ । हरितालिका तीजका अवसरमा भाद्र २९ गतेदेखि असोज १ गतेसम्म तीज गीत प्रतियोगिता र महिला खेलकुद प्रतियोगिता आयोजना गर्न लागेको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

तीज विशेष कार्यक्रम अन्तरगत खेलकुदतर्फ लठ्ठो तान्ने, घैटो फुटाउने, म्युजिकल चियर र अन्तर माविस्तरिय छात्रा बास्केटबल प्रतियोगिता हुने आयोजकले जनाएको छ ।

आयोजकका अनुसार तीज गीत प्रतियोगितामा कास्की जिल्ला भित्रका १८ टिम बिच प्रतिस्पर्धा हुनेछ । जसमा प्रथम हुने टिमले ४० हजार रुपैयाँ, दोस्रो हुनेले ३० हजार रुपैयाँ, तेस्रो हुनेले २० हजार र सान्त्वना हुने टिमले ७ हजार रुपैयाँ प्राप्त गर्नेछन् । साथै उत्कृष्ट भेषभुषा र उत्कृष्ट नृत्य विधामा पनि पुरस्कार राखिएको आयोजकले जानकारी दिएको छ ।

तीज गीत प्रतियोगिताका लागि जम्मा १८ टिम दर्ता गरिने र भाद्र २५ गतेसम्म दर्ता गरिसक्नुपर्ने खेदकुद संयोजक विमल श्रेष्ठले जानकारी दिए । उनका अनुसार खेलकुदको माविस्तरिय छात्रा बास्केटबलतर्फ प्रथम हुने टिमलाई नगद रु ३० हजार, दोस्रो हुने टिमलाई २० हजार रुपैयाँ प्रदान गरिनेछ ।

तीज संस्कृतिको जगेर्ना गर्दै महिला दिदिबहिनीहरुको क्षमता अभिवृद्धि गराउनुका साथै खेल क्षेत्रमा प्रतिभा जन्माउन खेलकुदका कार्यक्रम पनि आयोजना गरिएको सुर्य चन्द्र विकास समाजकी अध्यक्ष कमला गौतमले जानकारी दिइन् । तिज विशेष कार्यक्रमको अनुमानित खर्च ६ लाख ८० हजार रहेको र विभिन्न संघसंस्था, सामाजिक व्यक्तित्व, आमा समूह, युवा क्लब, टोलविकासहरुको सहयोगबाट कार्यक्रम सम्पन्न गरिने अध्यक्ष गौतमले बताइन् । उनका अनुसार कार्यक्रममा स्रस्टाहरुलाई सम्मान समेत गरिनेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->