शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

५० जना प्रहरीलाई ड्राइभिङ तालिम

५० जना प्रहरीलाई ड्राइभिङ तालिम


  • ढोरपाटन संवाददाता
  • भाद्र २३ २०८०, शनिबार

पोखरा/ गण्डकी प्रदेश प्रहरी कार्यालय ५० जना प्रहरी कर्मचारीहरुलाई हलुका सवारी साधन ( कार/जिप) ड्राइभिङ तालिम दिएको छ । प्रहरीलाई सीपयुक्त बनाउने उद्धेश्यले सो तालिमा दिइएको हो ।

तालिममा गण्डकी प्रदेशअन्तर्गतका विभिन्न प्रहरी कार्यालयहरुमा रही उत्कृष्ट कार्यसम्पादन गर्न प्रहरीहरु समावेश थिए । तालिममा गोरखा जिल्ला अन्तर्गतबाट ३ जना, नवलपरासी (पुर्व) ४, कास्की १६ , तनहुँ ८, स्याङ्जा ४, बागलुङ ४, म्याग्दी २, पर्वत २, मुस्ताङ २, लमजुङ ३, मनाङ जिल्ला अन्तर्गतबाट-२ जना प्रहरी कर्मचारीहरु सहभागी भएका गण्डकी प्रदेशका प्रहरी निरीक्षक टेकप्रसाद सुवेदीले जानकारी दिए ।

शुक्रबार समापन कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेश प्रहरी प्रमुख बुद्धिराज गुरुङले उनीहरुलाई प्रमाणपत्र दिए । तालिम समापन कार्यक्रममा प्रहरी निरीक्षक रविन्द्र थापाले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->