बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

पर्यटन प्रवद्र्धनमा जुट

पर्यटन प्रवद्र्धनमा जुट


  • Dhorpatan News
  • भाद्र २६ २०८०, मंगलबार

विश्व र नेपालकै अवस्था सहज भएको भए, यतिबेला पोखराको प्रमुख पर्यटकीय क्षेत्र लेकसाइड पर्यटकहरुले खचाखच हुन्थ्यो । अंग्रेजी महिना अगस्टबाट सुरु हुने सिजनअन्तर्गत नेपाल आएका पर्यटकहरुमध्ये केही पदयात्राको लागि हिँडीसकेका हुन्थे । अग्रिम बुकिब गरेका पर्यटकहरुको स्वागत र उनीहरुको व्यवस्थापनको लागि पर्यटन व्यवसायीहरुलाई भ्याइनभ्याइ हुन्थ्यो । आन्तरिक पर्यटकहरुले कोठा पाउनै मुस्किल हुने ती दिनहरु अहिले कथा भएका छन् । यो सिजनमा बुकिब राम्रो नभएको पर्यटन व्यवसायीहरुले जिकिर गरेका छन् । रुस–युक्रेन युद्ध र त्यसले विश्वभर सिर्जना गरेको मन्दीका कारण तेस्रो देशका पर्यटक घटेका व्यवसायीहरुको भनाइ छ ।

अर्को तर्फ, नेपाल भ्रमण गर्न चाहनेहरुलाई पनि सहज छैन । महंगो हवाइ भाडा तिर्नु एकातिर छँदैछ, सोझै नेपाल आउन पनि सास्ती नै छ । जसका कारण, नेपाल नै आउन चाहने पर्यटकले पनि अर्को गन्तव्य रोज्न विवश भएका व्यवसायीहरुको भनाइ छ । नेपाल आएर पनि कहाँ सजिलो छ र ? काठमाडौ ं–पोखरा र भैरहवा–पोखरा सडक खण्ड बिजोग छ । यसले विदेशी र नेपाली दुवैको यात्रा कठीन बनाइदिएको छ । मुग्लिन–पोखरा सडकखण्डको स्तरोन्नतिको जिम्मेवारी पाएको चिनियाँ ठेकेदारको काम असाध्यै सुस्त भएको भन्दै यहाँका पर्यटन व्यवसायीहरुले गुनासो गरेका छन् ।

प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् । अर्को तर्फ,पोखराबाटै अन्तर्राष्ट्रिय उडानको सुनिश्चितता नहुँदा पनि यहाँको पर्यटन उद्योगले गति लिन सकेको छैन । पोखरामा एयरपोर्ट त बनेको छ तर आन्तरिक उडानमै सीमित छ । कम्तिमा पोखराबाट छिमेकी भारत, चीन, बंगलादेश, भुटानसम्मको उडान भर्न सके त्यहाँबाट पर्यटक आउने वातावरण बन्थ्यो । यसतर्फ पहल भइरहेको बताइए पनि ठोस प्रगति हुन सकेको छैन । विश्वको आधा जनसंख्या छिमेकी भारत र चीनमा बस्छन् । त्यहाँको थोरैमात्र पर्यटक नेपाल आइदिने हो वा आउने वातवरण निर्माण गर्ने हो भने, नेपालको पर्यटन उद्योगले गति लिन्छ । तर, जे हुनुपर्ने हो, त्यतातिर कसैको ध्यान गएको छैन । पर्यटनलाई नेपालको अर्थतन्त्रको मुलखम्बा बनाउनुपर्छ । अहिलेसम्म पर्यटन उद्योगले कुल ग्राहस्थ उत्पादनमा खासै ठूलो योगदान नदिए पनि सेवा उद्योग नेपालको सवैभन्दा ठूलो सम्भावना भएको उद्योग हो । अहिले भएको लगानी जोगाउन र भविष्यमा पर्यटनबाट लाभ लिन अल्प र दीर्घकालीन रणनीति निर्माण गरिनुपर्छ ।
अहिलेसम्म नेपाल आउने पर्यटकहरु अरु कसैले भनेको सुनेर वा पटक–पटक आउनेहरु नै छन् । नयाँ पर्यटक भित्र्याउन प्रवद्र्धनात्मक कार्यक्रम गरिनैपर्छ । प्रवद्र्धनको जिम्मेवारी पाएको नेपाल पर्यटन बोर्ड आफै ंमा समस्याग्रस्त देखिएको छ । सरकार बेपर्वाह बनेको छ । यो प्रवृत्तिको अन्त्य हुनुपर्छ । पर्यटक भित्र्याउनको लागि राज्य स्वयं कस्सिनुपर्छ । विदेशमा रहेका कुटनीतिक नियोगहरुले क्रियाशिलता देखाउनुपर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->