शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

स्थानीय उत्पादनको प्रवद्र्धन गर्दै सकियो तीज सांस्कृतिक महोत्सव

स्थानीय उत्पादनको प्रवद्र्धन गर्दै सकियो तीज सांस्कृतिक महोत्सव


  • ढोरपाटन संवाददाता
  • भाद्र २८ २०८०, बिहिबार

पोखरा/पर्यटन व्यवसायी महिला संघ (टेवान) ले आयोजना गरेको तीज सांस्कृतिक महोत्सव स्थानीय उत्पादनको प्रवद्र्धन गर्दै सकिएको छ । भदौ २५ देखि सोमबार सम्म लेकसाइडको कोमागाने पार्कमा आयोजना गरिएको महिला उद्यमी मेलामा गण्डकी प्रदेशका ११ वटै जिल्लाका स्थानीय उत्पादनको प्रवद्र्धन गरिएको थियो ।

पोखरा महानगरपालिकाको प्रवद्र्धन, पोखरा पर्यटन परिषद लगायतका संघसंस्थाको सहयोगमा सम्पन्न भएको महोत्सवमा राष्ट्रिय कलाकारको प्रस्तुति रहयो । हाजिरीजवाफ प्रतियोगिता, तीज गीत प्रतियोगिता, महिला दौड प्रतियोगिता लगायतका कार्यक्रमले महोत्सवको रौनकता थप्यो ।

महोत्सवको समापन दिन गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री दिपेन्द्र बहादुर थापाले पर्यटन क्षेत्रलाई चलायमान बनाउन यस्ता कार्यक्रम गरिरहनुपर्ने बताए । तीजका समय टेवानले सांस्कृतिक महोत्सवको आयोजना गर्दा प्रदेशबाट उत्पादित वस्तुको बजारीकरण र प्रवद्र्धनमा टेवा पुगेको उनले बताए ।सरकार खस्किएको पर्यटन क्षेत्रलाई माथि उठाउने गरी नै लागिरहेको उनको भनाइ छ ।
मन्त्री थापाले पर्यटन व्यवसायीलाई मर्का नपर्ने गरी नै सरकार लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

गण्डकी प्रदेशका सांसद प्रकाश बरालले टेवानले तीज सांस्कृतिक महोत्सवको आयोजना गरेर उदाहरणीय काम गरेको बताए । उनले अफसिजनमा पोखराको पर्यटन प्रवद्र्धनमा यसले ठूलो मद्धत पुग्ने बताए ।
सांसद सरस्वती गुरुङले तीजका बेला महिलादिदीबहिनीहरुले गरेको कार्यक्रम सफल रुपमा सम्पन्न भएको बताइन् ।
पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले पर्यटन व्यवसायीको मर्कालाई सरकारले बुझ्नुपर्ने बताए ।

पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले टेवानले सकरात्मक कदम चालेको बताए । सुरुवात राम्रो भएकाले यसले निरन्तरता पाउनेमा आफु आशावादी रहेको भनाइ उनको छ ।
टेवानकी अध्यक्ष कमला गिरीले कार्यक्रम सम्पन्न गर्न सहयोग गर्ने सबै संघसंस्था तथा व्यक्तिलाई धन्यवाद दिएकी छिन् । यो सुरुवात भएको र आगामी दिनमा यस्तो कार्यक्रमले निरन्तरता पाउने बताइन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->