कास्की/ पोखरा तमु सांस्कृतिक प्रतिष्ठान नेपालको आयोजना र गण्डकी प्रज्ञा प्रतिष्ठानको सहयोगमा पोखरा, रानीपौवा स्थित तमु प्ये ल्हु संघमा बिहीबार एक महिने छ्यँला तथा त्हौंदु वाद्यवादन प्रशिक्षण सुरु भएको छ । एक महिने तालिमको गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्यबहादुर खड्का बिखर्चीले उद्घाटन गरे गुरुङ जातिको मृत्यु संस्कारमा नाचिने छ्याडु नृत्यमा बजाइने यस लोपोन्मुख बाजाको संरक्षण, संम्वर्द्वन र प्रवद्र्धनको साथमा पुस्ता हस्तातरण एवं प्रशिक्षक उत्पादन गर्ने उद्देश्यले तालिम आयोजना गरिएएको संस्थाका अध्यक्ष चित्रबहादुर गुरुङले दिए । तीस जना प्रशिक्षार्थीहरु सहभागी रहेको यस तालिमका प्रशिक्षकहरु पच्यु चिवा भिमबहादुर गुरुङ, कुलप्रसाद गुरुङ र दानबहादुर गुरुङ रहेका छन् ।





