शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

दुई किलो गाँजासहित युवा पक्राउ

दुई किलो गाँजासहित युवा पक्राउ


  • ढोरपाटन संवाददाता
  • असोज ५ २०८०, शुक्रबार

पोखरा पोखरामा दुई किलो १७० ग्राम गाँजा सहित एक युवक पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय शिसुवा कास्कीको टोलीले पोखरा ३० पावरहाउसमा सवारी चेकजाँचको क्रममा गाँजा बरामद गरेको हो ।

पोखरा २१ कृष्ती घर भई पोखरा १५ फुलवारी गैह्रगाउँ बस्दै आएका १९ वर्षिय राजन विकलाई पक्राउ गरेको हो । उनी विरुद्ध लागू औषध सम्बन्धि मुद्धा चलाइएको र अनुसन्धा भइराखेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्रवण कुमार विकले जानकारी दिए ।

चाडवाड नजिकिदैँ जादाँ पोखरामा आपराधिक तथा लागुऔधष बढ्ने अनुमान प्रहरीको छ । चाडवाड लक्षितगर्दै प्रहरीले विभिन्न सुरक्षा रणनीति समेत बनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->