शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

जिसस कास्कीको योजना समीक्षा गोष्ठी

जिसस कास्कीको योजना समीक्षा गोष्ठी


  • ढोरपाटन संवाददाता
  • असोज ७ २०८०, आइतबार

पोखरा/ जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष लीलाधर पौडेलले विकासे परियोजना संचालनमा भएका कमी–कमजोरीहरुलाई न्यूनीकरण गर्दै गुणस्तरीय काम गरिनुपर्ने बताएका छन् ।

उनले कतिपय कार्यालयहरुले विकास बजेट खर्च गर्न नसक्दा आयोजनाको प्रभावकारिता कम भएको पनि औंल्याए । जिल्ला समन्वय समिति कास्कीको आयोजनामा आर्थिक बर्ष २०७९/०८० को वार्षिक कार्यक्रमको समीक्षा तथा आर्थिक वर्ष २०८०/०८१ को वार्षिक कार्यक्रम तथा बजेट कार्यान्वयन तालिकासम्बन्धी तीन दिने समीक्षात्मक कार्यक्रमको समापनमा सो धारणा राखेका हुन् ।

विकास र विषयगतसहित संघ,प्रदेश र स्थानीय तहबीच देखिएका केही मतभेदले समेत परियोजना संचालनमा अप्ठेरो परेको उनको भनाइ थियो ।

जिल्ला समन्वय अधिकारी नवराज बरालका अनुुसार कास्कीका पाँच पालिकासहित,अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना – एक्याप),जलस्रोत तथा सिंचाइ डिभिजन कार्याल्य, पशु सेवा विकास केन्द्रलगायतका कार्यालयले समीक्षा प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->