पोखरा/ मीना सिर्जनशील समावेशी पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय बिनाकुमारी थापा ‘बिनु’ र बालकुमारी पौडेल ‘तारा’ सम्मानित हुने भएका छन् ।
पुरस्कार गण्डकी प्रदेशकी पूर्वसांसद, उद्यमी तथा समाजसेवी मीना गुरुङले स्थापना गरी नेपाल पत्रकार महासंघ कास्कीले सञ्चालन गर्दै आइरहेको छ । नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष पुण्य पौडेल संयोजक तथा महासंघकी अध्यक्ष विमला भण्डारी,सचिव माधव बराल एवं पत्रकारद्धय दुर्गा अधिकारी र दीपक परियार रहेको प्रतिभा छनोट समितिले महासंघलाई योग्य प्रतिभा सिफारिस गरेको थियो ।
पुरस्कारको राशी नगद २० हजार १ सय ११ रुपैयाँ रहेको छ । असोज १२ गते एक कार्यक्रम आयोजना गरी पुरस्कार अर्पण गरिने सचिव बरालले जानकारी दिए । बिनु हालपोखरा टेलिभिजनमा कार्यरत छन् भने तारा हाल सिटीपोखरा डटकमको सञ्चालक÷सम्पादक हुन् ।





