शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

आज मुटु दिवस

आज मुटु दिवस


  • ढोरपाटन संवाददाता
  • असोज १२ २०८०, शुक्रबार

पोखरा/विभिन्न तीन संघ–संस्थाको सहकार्यमा पोखरामा आज शुक्रबार विश्व मुटु दिवस पोखरामा मनाइने भएको छ । हरेक वर्ष सेप्टेम्बर २९ तारिकका दिन विश्वभर यो दिवस मनाइने गरिन्छ । पोखरामा स्वस्थ मुटु नेपाल, चरक मेमोरीयल हस्पिटल प्रालि र टाइगर ग्रुप अफ पोखरा नेपालको सहकार्यमा संयुक्त रुपमा दिवस मनाइने आयोजक संस्था स्वस्थ मुटु नेपालका सदस्य इन्द्रप्रसाद पौडेलले जानकारी दिए ।

दिवसको अवसरमा शुक्रबार बिहान पोखरा ६ वैदाम स्थित क्याम्पिङ चोक (हल्लन चोक) देखि फिस्टेल गेटसम्म प्रभातफेरी निकालिने भएको छ । कार्यक्रममा स्वस्थ मुटु नेपालका अध्यक्ष समेत रहेका मनमोहन कार्डियो भास्कुलर सेन्टर, टिचिङ हस्पिटल (त्रिवि) काठमाडौंमा कार्यरत वरिष्ठ मुटुरोग विशेषज्ञ डा सृर्य देवकोटासँगै अन्यले मुटुरोग, यस्बाट बच्ने उपाय, मुटु स्वच्छ बनाउन दैनिक जीवनका गर्नुपर्ने विविध पक्षका बारेमा जानकारी गराउने छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->