शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

पेकले आज आर्किटेक्चर शोधकार्य प्रदर्शनी गर्ने

पेकले आज आर्किटेक्चर शोधकार्य प्रदर्शनी गर्ने


  • ढोरपाटन संवाददाता
  • असोज १२ २०८०, शुक्रबार

पोखरा/ पोखरा इन्जिनियरिङ कलेजले आज (शुक्रबार) आर्किटेक्चर शोधकार्य (थेसिस) प्रदर्शनी गर्ने भएको छ । आर्किटेक्चर विषयका विद्यार्थीले थेसिसको क्रममा बनाएका आर्किटेक्चरलाई प्रदर्शन गर्न लागेको बिहिबार आयोजित पत्रकार सम्मेलनमा कलेजका प्रशासक चिजकाजी गुरुङले जानकारी दिए ।

उनले आर्किटेक्चरको फाइनल वर्षमा गरिएको थेसिसलाई प्रदर्शनीको रुपमा राखिने बताउँदै कलेजले पहिलो पटक आर्किटेक्चर प्रदर्शनी गर्न लागेको सुनाए । गण्डकी प्रदेशमै एकमात्र आर्किटेक्चरको अध्ययन हुने कलेजको पहिलो ब्याचका विधार्थीहरुको थेसिस हो ।

विभिन्न २२ विषयका आर्किटेक्चरसंगै अन्य आर्किटेक्चर डिजाइनका मोडेलहरु समेत प्रस्तुत गरिने प्रिन्सिपल सोम गुरुङले जानकारी दिए । आर्किटेक्चर विषय राजेका विधार्थीहरुको सिर्जनाको मुल्यांकन होस् भन्ने हेतुले प्रदर्शनी गर्न लागेको गुरुङको भनाइ थियो । ‘थेसिसको सिर्जनालाई सार्वजानिक गरेर विधार्थीमा थप हौसला प्रदान गर्ने र उक्त सिर्जनाहरुको व्यवसायिक उपयोगिताको प्रवद्र्धनका लागि विभिन्न उद्योग, व्यवसाय, निर्माण कम्पनी, शैक्षिक संस्था तथा सरोकारवाला क्षेत्रका व्यक्तिहरुलाई अवलोकन गराउने छौं’ उनले भने ।

प्रदर्शनी पोखरा ६ हल्लनचोकमा हुनेछ । एक दिवसीय प्रदर्शनी विहान १० बजेदेखि साँझ सातबजेसम्म हुनेछ । प्रदर्शनीको करिब चार हजार जनाले अवलोकन गर्ने कलेजको अपेक्षा छ । २०१७ को पहिलो ब्याचमा २२ जना विधार्थी रहेका छन् । थेसिस अनुसन्धानमा आधारित रहेको र उक्त प्रदर्शनीले अब दोस्रो ब्याचका विधार्थीलाई समेत नयाँ नयाँ आर्किटेकको विकास गर्न मद्धत पुग्ने आर्किटेक्चर विभाग प्रमुख समीक्षा कडेंले बताइन् । उक्त प्रदर्शनी गर्न करिब तीन लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । साथै आर्किटेक्चर अवलोकन गर्नका लागि आउने सरकारी विधालयका विधार्थीका लागि कलेजले निशुल्क बसको समेत व्यवस्था गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->