पोखरा / धादिङबाट बसमा पोखरातर्फ आउँदै गरेका युवा झोलामा झन्डै ११ किलो गाजासहित पक्राउ परेका छन् । प्रहरीले धादिङ गजुरी नगरपालिका–३ क्वालसिङका २२ वर्षीय रवीन्द्र थिङलाई पोखरा–३२ मजुवाबाट पक्राउ गरेको हो ।
वडा प्रहरी कार्यालय गगनगौंडा र गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराको ‘के नाइन’ शाखाबाट कुकुरसहितको टोलीले सवारीसाधन जाँच गर्दा थिङको झोलामा १० किलो ८८९ ग्राम गाँजा आइतबार फेला परेको थियो ।
उनको साथबाट प्रहरीले एक थान मोबाइल र ७ हजार ९० रुपैयाँ पनि बरामद गरेको छ । उनलाई जिल्ला अदालत कास्कीबाट लागुऔषधसम्बन्धी मुद्दामा ७ दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी श्रवणकुमार विकले बताए ।





