पोखरा/ ‘इन्टरनेशनल गल्र्स चाइल्ड डे’ का अवसरमा जोण्टा क्लब अफ पोखराले मेण्टल हेल्थसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । पोखराको अमरसिंह माविमा कक्षा ९ मा अध्यायनरत छात्रछात्राहरुमाझ सो कार्यक्रम गरिएको हो ।
कार्यक्रममा बोल्दै आयोजक क्लवका अध्यक्ष मोनिका थापाले नेपालमा पनि किशोरावस्थाका बालबालिकाहरुका लागि मनोसामाजिक सुरक्षा कार्यक्रम अत्यन्तै महत्वपूर्ण भएको बताइन् ।
कार्यक्रममा बोल्दै कोपिला नेपालका बिना सिल्वालले नेपालमा १३ देखि १९ वर्षसम्मका किशोर किशोरीहरुमा मनोसामाजिक शिक्षाको खाँचो रहेको औंल्याइन् । यो उमेरमा नकारात्मक सोचको विकास भएमा त्यसले दीर्घकालसम्म असर गर्ने भएकाले उनीहरुलाई मनोसामाजिक सुरक्षाका बारेमा अवगत गराउनुपर्नेमा उनको जोड थियो । नेपालमा ४ प्रतिशत किशोर किशोरीहरुमा आत्माहत्याको विचार आउने गरेको तथ्य पेश गर्दै उनले यस्तो सोच आउन नदिन सकारात्मक सोचको विकास गराउनुपर्ने बताइन् ।
अमरसिंह माविका प्राचार्य तेजश्वी बरालले जोण्टा क्लबले आफ्नों विद्यालयमा यस्तो कार्यक्रम ल्याएकोमा धन्यवाद ज्ञापन गरे ।





