पोखरा/ नवरात्रको तेस्रो दिन मंगलबार चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदैछ ।
नवदुर्गाकी तेस्रो रूप चन्द्रघण्टाको पूजा अर्चना गर्न लागिएको हो । चन्द्रघण्टाको स्वरूप स्वर्णमय, शान्त र सौम्य भएको पुराणमा उल्लेख छ । शिरमा घण्टा आकारको चन्द्रमा भएकाले यिनको नाम चन्द्रघण्टा भनिएको हो । सिंहमाथि बसेकी यिनको १० हातमा खड्ग, तरवार, गदा, ढाल चक्र धनुषलगायत शस्त्र अस्त्र छन् ।
भयनाश, दुष्टप्रवृत्तिको नाश र आध्यात्मिक तथा आत्मिक शान्तिका लागि चन्द्रघण्टा देवीको आराधना गरिन्छ। विधिपूर्वक उनको आराधना गर्नाले सबै किसिमका बाधा व्यवधान हट्ने पनि विश्वास गरिन्छ ।





