पोखरा प्र / तिनिधि सभाका सदस्य सांसद मनबहादुर गुरुङले १ लाख २५ हजार राशीको पुरस्कार प्राप्त गरेका छन् । कास्की क्षेत्र नम्बर १ का सांसद गुरुङ राष्ट्रिय प्रकृति संरक्षण कोष संरक्षकबाट सम्मानित भएका हुन् ।
संस्थाको ४१ औं वार्षिकोत्सवको अवसरमा सांसद गुरुङलाई शुक्रबार कोषले १ लाख २५ हजार राशीको पुरस्कारले सम्मान गरेको हो ।
एकीकृत संरक्षण तथा विकासको समुदायमा आधारीत संरक्षणको अवधारणालाई सफल पार्न र संरक्षण तथा विकासमा उनले पुराएको योगदानको कदर गर्दै कोषले सम्मान गरेको हो । गुरुङले नेतृत्वदायी भूमिकामा रहेर नीति निर्माणमा महत्वपूर्ण योगदान पुर्याएकोले पुरस्कार सहित सम्मान गरिएको संस्थाले जनाएको छ ।





