पोखरा/तमु धिं नेपालले स्वाथ्योपचारका लागि लमजुङ जिल्ला, क्होला सोंथर गाँउपालिका वडा नं.९ टक्सारका ४० वर्षीय कृष्ण गुरुङलाई १ लाख रुपैया सहयोग गरेको छ ।
वरिष्ठ समाजसेवी रुपकुमारी गुरुङको परिवारले तमु धिं नेपालमा स्थापना गरेको १ करोड १५१ रुपैयाको मे.जयबहादुर–रुपकुमारी–उदयचन्द्र गुरुङ स्वास्थोपचार अक्षय कोषबाट उनलाई सहयोग गरिएको हो ।
आर्थिक अभावमा मुटु रोगको उपचार गर्न समस्यामा परेका गुरुङलाई पोखरा ९ नयाँबजारस्थित तमु धिं नेपालमा आयोजित कार्यक्रममा मे.जयबहादुर–रुपकुमारी–उदयचन्द्र गुरुङ स्वास्थोपचार अक्षयकोषको व्याजबाट कोषका संरक्षक वरिष्ठ समाजसेवी रुपकुमारी गुरुङले सहयोग रकम हस्तान्तरण गरे ।





