शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

पेस्तोल सहित एक किशोरी पक्राउ

पेस्तोल सहित एक किशोरी पक्राउ


  • ढोरपाटन संवाददाता
  • कार्तिक ८ २०८०, बुधबार

पोखरा / जनकपुरमा एक किशोरी पेस्तोलसहित पक्राउ परेकी छन् । जनकपुरधामको रेल्वे स्टेसन नजिक हनुमान मन्दिरबाट उनलाई हिजो राती सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।

भारतको विहार राज्य लख्खी शेराई ग्रामपञ्चायत वडीपोखरी ९ की पूजा कुमारी सहनीलाई शसस्त्र प्रहरीले पक्राउ गरेको हो । उनी पप्पु सहनीको छोरी रहेको बताइएको छ ।

रेल्वे सुरक्षा बेस जनकपुरबाट खटिएको सशस्त्र प्रहरी टोलीले विशेष सूचनाको आधारमा चेकजाँच गर्दा उनको साथबाट एक थान कटुवा पेस्तोल बरामद भएको हो ।

उनको साथबाट नेपाली ६५ रुपैयाँ, भारतीय फाइभ–जी सिम एक थान र एक थान चाँदीको जस्तो देखिने मालाको लकेट बरामद भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->