पोखरा/ देशको पहाडी भूभागमा बिहीबारआंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहनेछ ।
यस्तै पहाडी भेगका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । विभागका अनुसार उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना छ । राति पहाडी भेगमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।





