पोखरा/ पोखरामा बी पोजेटिभ रगतको प्लेटलेस अभाव देखिएको छ । चाडबाडका कारण नियमित रक्तदान कार्यक्रम नहुँदा बी पोजेटिभ समुहको रगतको प्लेटलेस अभाव भएको प्रादेशिक रक्त सञ्चार केन्द्र पोखराका प्रमुख अर्जुन प्रसाद ज्ञवालीले जानकारी दिए । उनका अनुसार प्लेटलेस ब्लड ५ दिन भन्दा धेरै समय भण्डारण गरेर राख्न मिल्दैन । यसका लागि नियमित रक्तदान कार्यक्रम जरुरी रहेको उनले बताए ।
रगत अभावलाई कम गर्न अभिभावक गृहका संयोजक देबेन्द्र राज सुवेदी र सहसंयोजक सुदिप शर्मा पौडेलको आयोजनामा आकस्मिक रक्तदान कार्यक्रमको आयोजना गरी ४० युनिटी संकलन भयो। अभिभावक गृहले पोखरा(५ जिरो किलो मिटरमा सोमबार विहान साढे ८ बजे देखि ११ बजे सम्म रक्तदान कार्यक्रम राखिएको गृहका अध्यक्ष देबेन्द्र सुबेदी र जानकारी दिए ।
उनले रक्तदान जीवनदान भन्ने नाराका साथ कार्यक्रमको आयोजना गरेको बताए । यस आकस्मिक समयमा समाजको निम्ति रगत दान जीवनदान सरह उक्त रक्तदान कार्यक्रममा बी पोजेटिभ रक्त समूहका रक्तदातालाई रक्तदाताहरु धेरै सहभागिता जनाउन रक्त सञ्चार केन्द्र पोखराका प्रमुख अर्जुन प्रसाद ज्ञवालीले आग्रह गरेका छन् ।
‘पोखरामा बी पोजेटिभ रगतको प्लेटलेस अभाव छ । त्यसको माग पुरा गर्न बी पोजेटिभ रक्त समूहका रक्तदाताले दान गर्ने रगत नै चाहिन्छ । त्यसैले बी पोजेटिभ रक्त समूहका रक्तदातालाई विशेषगरी कार्यक्रममा सहभागी हुन नसकेकाहरुलाइ पनि कास्की जिल्लाको रक्त सन्चारमा गएर भएपनी रक्तदान गर्न आग्रह गर्दछु’ उनले भने । उक्त कार्यक्रममा ४० युनिटी रगत संकलन भयको छ।उक्त कार्यक्रम पोखराको जारी किलो मिटरको वेष्ट भ्याली किल्निकको प्रङगण भएको थियो ।
रक्त संचारका अर्जुन ज्ञवालीले प्रहरी प्रमुख र सकृय युवाहरूको कारण पोखराको रगत बड्दो अभावलाई यस कार्यक्रमले उल्लेखनीय टेवा पुगेको जानकारी गराउदै सम्पुण दाता र सहभागीहरूलाई धन्यवाद दिए।





