शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

पुम्दीकोट पुगे महासचिव गुटेरेस

पुम्दीकोट पुगे महासचिव गुटेरेस


  • ढोरपाटन संवाददाता
  • कार्तिक १३ २०८०, सोमबार

पोखरा / नेपालको औपचारिक भ्रमणका क्रममा आज पोखरा आएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनिए गुटेरेसले पोखराको प्रसिद्ध धार्मिक पर्यटकीय गन्तव्य पुम्दीकोटको दर्शन गरेका छन् ।

सोमवार दिउँसो साढे ४ बजे पुम्दीकोट पुगेका महासचिव गुटेरेसलाई महादेवको विशाल मूर्ति निर्माण अभियानका संयोजक एवम् पुम्दीकोट विकास समितिका अध्यक्ष चन्द्रकान्त बराल, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र पोखरा महानगरपालिका-२२ का वडाध्यक्ष हिमलाल बराललगायतले स्वागत गरेका थिए ।

त्यहाँ फर्के लगतै महासचिव गुटेरेसले पोखराको फेवातालमा डुंगा सयर गरेका छन् । तालमा रहेको मोटरबोट चढेर उनले तालको परिक्रमा गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->