पोखरा/जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले भौतिक तथा मानवीय विकास विना मानव अधिकारको पूर्ण प्रत्याभूति असम्भव भएको बताएका छन् ।
नेपालको संविधानले आधारभूत अधिकारसहितका मानव अधिकारको पूर्ण प्रत्याभूत गरेको विषय भएको र कास्कीका कुनै पनि नागरिक मानव अधिकारको पहुँचबाट टाढा हुन नपर्ने गरी कार्य गर्न कास्कीका सम्पूर्ण पालिका सहित सरोकारवालाहरूलाई आग्रह पनि गरे । पौडेलले मानव अधिकारसम्बन्धी पाँचौ राष्ट्रिय कार्ययोजना कार्यान्वयन जिल्ला समिति कास्कीको मंगल सम्पन्न समीक्षा बैठकको अध्यक्षता गदसो कुरा बताएका हुन् ।
अधिकारको कार्यान्वयनबाटै सुरु हुने हुँदा मानव अधिकार उल्लंघनका गुनासा सुन्नु नपर्ने गरी कार्य गर्नुपर्ने उनको भनाइ थियो । न्यूनतम मानव अधिकारको प्रत्याभूति बिना हुने विकासले कुनै अर्थ नराख्ने भन्दै समतामूलक समाज विकास र व्यक्ति ,समाज र राष्ट्रको सर्बाङ्गिण विकासमा मानव अधिकार महत्वपूर्ण हुने पनि उनले बताए ।





