बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

फूलमा आत्मनिर्भरतातर्फको सुखद यात्रा

फूलमा आत्मनिर्भरतातर्फको सुखद यात्रा


  • ढोरपाटन संवाददाता
  • कार्तिक २२ २०८०, बुधबार

तिहार नजिकिँदै छ । तिहार उज्यालो तथा सुन्दर फूलहरुको पर्व हो । शरद ऋतुमा पर्ने यो चाडको छेकोमा प्रकृति स्वयंले सुन्दर फूलहरु फुलाएको हुन्छ । तिहारको बेला दिदीबहिनीहरुले आफ्ना दाजुभाईलाई यही सुन्दर फूलको माला पहि¥याउँछन् । दीर्घजीवनको कामना गर्छन् । भाइटीका नेपालीहरुको मौलिक संस्कृति हो । मौलिक चाड मनाउने क्रममा रैथाने उत्पादनकै बढी उपयोग गरिनु पनि यो पर्वको अर्को विशेषता हो ।

तर, पछिल्ला वर्षहरुमा भने अन्य चाडजस्तै तिहार पनि भड्किलो भन्दै गइरहेको थियो । रैथाने उत्पादनहरुको प्रयोगको सट्टा आयातित सामानहरुको उपभोग बढ्दा त्यसले सांस्कृतिक अतिक्रमणसँगै परनिर्भरता पनि बढ्दो थियो । कतिसम्म भने तिहारमा प्रयोग गरिने फूलसमेत आयात गर्नुपर्ने बाध्यतामा नेपाल पुगेको थियो ।

यो तथ्यले धेरैको मन पोलेको थियो । आफैंले उत्पादन गर्न सकिने बस्तुमा पनि परनिर्भर हुनु सुहाउने विषय थिएन । स्वदेशी उत्पादनको प्रवद्र्धन र बजारीकरण एवं आयात निरुत्साहित गर्नका लागि चाल्नुपर्ने कदमहरु धेरै छन् । यही उपक्रममा नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले वातावरण सरक्षण ऐन २०७६ को दफा १५ को उपदफा ६ ले दिएको अधिकार प्रयोग गरी २०७९ साउन १२ गते राजपत्रमा सूचना प्रकाशित गर्दै सोही मितिदेखि प्लाष्टिकजन्य फूलका गुुच्छा उत्पादन आयात, बिक्रीवितरण वा भण्डार गर्न पूर्ण रुपमा रोक लगाउने निर्णय ग¥यो । नेपाल सरकारको उक्त निर्णय विपरीत कुनै कार्य गरेको पाइएमा वातावरण संरक्षण ऐन २०७६ को दफा २२ को उपदफा ४ को खण्ड (क) वा (ख) बमोजिम वातावरण निरीक्षकबाट १५ हजारदेखि २० हजारसम्म जरिवाना हुने व्यवस्था पनि गरियो । वातावरण संरक्षण एवं आयातित प्लाष्टिक फूलको बढ्दो उपयोग रोक्न गरिएको यो निर्णयसँगै देशका विभिन्न पालिकाहरुले पनि प्लाष्टिकका फूल उपयोगलाई निरुत्साहित गर्ने नीति लिएका छन् । कानूनले नै दिएको अधिकार प्रयोग गरी त्यस्तो कार्य गर्नेमाथि कारवाही पनि गरिएका छन् ।

हरेक कुराको विकल्प हुन्छ । विकल्प नदिइ वा त्यो बस्तुले गर्ने हानीबारे यथेष्ट जानकारी नदिइ उपयोग रोक्न कठीन हुन्छ । पोखरासहितका केही महानगरपालिकाले फूलकै सवालमा स्थानीय उत्पादन बढाउने नीति तय गरेका छन् । फूलको बीऊमा अनुदान तथा बजारको ग्यारेण्टी गरेपछि उत्पादन बढेको छ । पोखरा महानगरले फूलखेती बढेको र आत्मनिर्भर भएकाले प्लाष्टिकका फूल रोकिएको जानकारी दिएको छ । बागलुङको भनाइ पनि त्यही छ । स्थानीय सरकारले आत्मनिर्भरताका लागि चालेका यी कदमहरु स्वागतयोग्य छन् । यस्ता कार्यको निरन्तरता जरुरी छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->