पोखरा / कुलोमा करेन्ट लगाएर माछा मार्नेक्रममा पोखरामा सुनार दम्पतीको मृत्यु भएको छ । पोखरा-२९ पट्नेरीस्थित कुलोमा सोमबार दिउँसो करेन्ट लगाएर माछा मार्ने क्रममा उनीहरुको मृत्यु भएको हो ।
मृत्यु हुनेमा मुस्ताङ घर भई पोखरा-२९ वस्दै आएका ४६ वर्षीय भीमलाल सुनार र उनकी श्रीमती ४६ वर्षीया सावित्री सुनार रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) श्रवण कुमार विकले वताए ।
माछा मार्न तार विछ्याउने क्रममा उनीहरुलाई करेन्ट लागेको हो । करेन्ट लागेपछि उद्धार गरी अस्पताल पुर्याए पनि चिकित्सकले उनीहरुलाई मृत घोषणा गरेका थिए ।





