शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

एकै परिवारका तीन जना झुण्डिएको अवस्थामा मृत फेला

एकै परिवारका तीन जना झुण्डिएको अवस्थामा मृत फेला


  • ढोरपाटन संवाददाता
  • मंसिर ७ २०८०, बिहिबार
घटना भएको घर ।

विराटनगर / धनकुटा जिल्लाको धनकुटा नगरपालिका- १ निगालेमा एकै परिवारका तीन जना झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

निगालेका स्थानीय टिकाराम गुरुङको परिवारका ३ जना झुन्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

टिकाराम गुरुङ, उनकी श्रीमती ३६ वर्षीया भीमा र १० वर्षीय छोरा आयुष आज बिहान घरभित्रै मृत फेला परेको प्रहरीले जनाएको छ ।

‘बुवा, आमा र छोरा मृत भेटिएका छन्’, प्रहरीले भन्यो ‘के भएर यस्तो भयो अनुसन्धान भई रहेको छ ।’संखुवासभाको चैनपुरस्थित नुनढाकी स्थायी घर भएको गुरुङ परिवार करिब १२ वर्ष अघिदेखि निगालेका लाल श्रेष्ठको खाली घरमा बस्दै आएको थियो ।

ज्याला मजदुरी गर्दै आएका टिकारामको परिवारमा चार जना थिए । ६ वर्षीय छोरी आशिका बाहेक सबै जना मृत भेटिएका हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->