पोखरा / गण्डकी प्रदेश सासंद देवका पहारीले पोखरा विमानस्थलबाट छिट्टै अन्तर्राष्ट्रिय उडान हुने बताएकी छन् । शिशु स्याहार पोखरा ६ बैदामको १७ औ बार्षिक साधाराण सभाको उद्घाटन गर्दै सांसद पहारीले पोखराबाट अन्तर्राष्ट्रिय उडान गर्नेका लागि प्रदेश तथासंघ सरकारसँग छलफल गरेको र सरकार सकरात्मक रहेको र त्यसकै तयारी स्वरुप अध्यागमन कार्यालय संचालनमा आएको बताइन् ।
अध्यक्ष संगिता बरालले विपन्न परिवारका रहेका बालबालिकाहरुको लागि पोखरा महानगरपालिका र स्थानीय जनताको सयुक्त व्यवस्थापनमा सेवा केन्द्रको स्थापन गरिएको जानकारी दिइन् । केन्द्रबाट ८३५ जना बालबालिकालाई सेवा प्रदान गरिसकिएको उनको भनाइ थियो । पोखरा महानगर पालिका वडा न ६ वडा सदस्य बासु बरालले शिशु स्याहार केन्द्रमा देखिएको चुनौती र दायित्वप्रति वडा कार्यालय सचेत बताए ।
कार्यक्रममा उपाध्यक्ष शिव जिसी, सचिव रेणु लामिछाने, कोषाअध्यक्ष इन्दिरा पौडेल, मितेरी नारी समूह बैदामका अध्यक्ष लक्ष्मी भट्टराई, ओटेपका अध्यक्ष जमुना पराजुली सल्लाहकार गणेश ढकाल, सल्लाहकार दुर्गाबहादुर शाह ‘बाबा’, सल्लाहाकार मिना ढकाल, ताल बाराही महाआरातिका अध्यक्ष मंगल नेपाली, सल्लाहकार इन्दिरा गैरे, लायन्स क्लव अफ पोखरा सुन्दर चौतारीका अध्यक्ष मिना भट्टराई र निवर्तमान अध्यक्ष विष्णु के.सीलगायतका वक्ताहरुले मन्तव्य राखेका थिए । संगिता बरालको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव रेणु लामिछानेले गरेकी थिइन ।





