शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

सिक्लेसमा लैङ्गिक हिंसाविरुद्ध प्रहरीको प्रशिक्षण

सिक्लेसमा लैङ्गिक हिंसाविरुद्ध प्रहरीको प्रशिक्षण


  • ढोरपाटन संवाददाता
  • मंसिर १५ २०८०, शुक्रबार

पोखरा / जिल्ला प्रहरी कार्यालय कास्कीको आयोजनामा जिल्ला कास्की मादी गाउँपालिका-१ सिक्लेसमा सचेतनामूलक प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको छ ।

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको छेकोमा प्रहरी त्यहाँ पुगेको हो । सो अवसरमा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापाले समुदाय परिचालनले अपराध न्यूनीकरण हुने बताए ।

उनले श्री अन्नपूर्ण माध्यमिक विद्यालयमा कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरुलाईसमेत बाल अधिकार, बालबालिकाविरुद्ध हुनसक्ने अपराध तथा अपराधबाट बच्नका लागि अपनाउनु पर्ने सावधानीहरु र साइबर अपराधबाट बच्ने उपायहरुको सम्बन्धमा जानकारी दिए ।

कार्यक्रममा मादी गाउँपालिका १ का वडाध्यक्ष देविजंग गुरुङ, विद्यालयका प्रध्यानाध्यापक, शिक्षक, शिक्षिकाहरु तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लेखबहादुर गुरुङलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->