बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

नागरिक समाजको दायित्व

नागरिक समाजको दायित्व


  • Dhorpatan News
  • मंसिर १८ २०८०, सोमबार

नेपाली समाज हुँडलिएको छ । नागरिकप्रति अनुत्तरदायी राज्यसत्ता,बढ्दो कुशासन र नीतिगत भ्रष्टाचार,आफन्तवादका कारण जनअसन्तोष चुलिएको छ । युवाहरु निराश छन् । यो देशमा केही हुँदैन भन्ने भाष्य बलियो हुँदै गएको छ । मध्यमवर्गीय समूह सक्दो छिटो आफ्ना सन्तानलाई विदेश पठाउन उद्यत देखिएको छ । १० वर्षे सशस्त्र द्वन्द्वकालीन समयमा पनि नदेखिएको निराशाले आमनागरिकमा आक्रोश सिर्जना गराएको छ । नागरिकमा देखिएको आक्रोशको संवोधन गर्न सत्ता तयार छैन । सत्ताधारीहरु लापर्वाह देखिएका छन् ।

परिणामस्वरुप अतिवादीहरुबाट जनताको बलिदानीबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रमाथि नै प्रहार गर्न थालिएको छ । देशमा धार्मिक र जातीय अतिवादको खतरा बढेको छ । यो वा त्यो नाममा निस्कने विरोध प्रदर्शनहरुमा धार्मिक संघ÷संस्थाहरु अग्रस्थानमा देखिन थालेका छन् । संघीयता मन नपराउनेहरुले अरु उपाय नपाएर धार्मिक संघ÷संस्थाको बुई चढेर बितण्डा मच्चाउन लागेको आभाष भइरहेको छ । विषमताले गाँज्दै गएपछि अन्तर्राष्ट्रिय शक्तिकेन्द्रहरु पनि सल्बलाउन थालेका छन् । अराजकता र उदण्डता बढ्दा देश नै दीर्घकालीन द्वन्द्वमा फस्ने हो कि भन्ने चिन्ता बढेको छ । यो अवस्थाबाट पार पाउन एकपटक नागरिक समाजले हस्तक्षेपकारी भूमिका निर्वाह गर्नुपर्ने देखिएको छ ।

नागरिक समाज सवैभन्दा बलियो शक्ति हो भन्ने कुरा बुझ्न हामीले २०६२÷०६३ को आन्दोलनलाई सम्झनुपर्ने हुन्छ । राजाले शासनसत्ता हातमा लिएको बेला राजनीतिक दलहरु निरीहजस्तै थिए । तत्कालीन विद्रोही माओवादी र निरंकुशताको चाहले निर्देशित राजाबाट पेलिएका दलहरुले जनविश्वास गुमाएका थिए । उनीहरु राजाको कदमको विरोध त गर्थे तर नागरिकको सहभागिता हुँदैनथ्यो । त्यस्तोमा नागरिक समाजले दलहरुलाई पुराना गल्तीहरुको प्रायश्चित गर्न लगायो । गल्ती नदो¥याउनेृ सर्तमा दलहरुको एजेण्डालाई नागरिकले साथ दिए । आन्दोलनले गति लियो । निरंकुशता पाखा लाग्यो । नागरिक समाजले सत्ताको बागडोर राजनीतिक दलहरुलाई सुम्पियो ।

सुशासन र स्थायित्व अनि समृद्धिको लागि काम गर्न आग्रह ग¥यो । तर, कुरा उही भयो । दलहरुले पुरानो दिन बिर्से । अनि, अहिलेको अवस्था सिर्जना भयो । अहिलेको अवस्था डरलाग्दो छ । त्यसैले नागरिक समाज अमूक राजनीतिक दल वा समूहको पक्षधरता लिएर हैन, जनताको पक्षमा सडकमा ओर्लनुपर्ने आवश्यकता देखिएको छ । नागरिक हस्तक्षेपले मात्र अहिलेको अराजकता र बेथितिलाई नियन्त्रणमा लिँदै जनतामा चुलिएको निराशालाई मत्थर पार्न सक्छ । संकटको बेला नागरिक समाजले यो जिम्मेवारी ग्रहण गरोस्, सन्निकट खतराबाट देशलाई जोगाओस् !

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->