आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

पोखराबाट काठमाडौं उड्न लागेको बुद्ध एयरको आकस्मिक ढोका खुलेपछि…

पोखराबाट काठमाडौं उड्न लागेको बुद्ध एयरको आकस्मिक ढोका खुलेपछि…


  • ढोरपाटन संवाददाता
  • पुष ५ २०८०, बिहिबार
फाइल तस्वीर ।

पोखरा / पोखराबाट काठमाडौंका लागि उड्न लागेको बुद्ध एयरको विमानको आकस्मिक ढोका खुलेपछि उडान स्थगित भएको छ । बिहान ९ बजेर ४० मिनेटमा पोखराबाट काठमाडौं उड्न लागेको उडान नं. ६५२ को जहाजको आकस्मिक ढोका यात्रुले खोलेको वताइएको छ ।

विमान ट्याक्सी वेबाट धावनमार्गमा जान लागेको बेलामा ढोका खुलेको थाहा भएको बुद्ध एयरले जनाएको छ । यात्रुबाट के कति कारणले ढोका खुल्न गएको हो, यसबारे पोखरा टर्मिनलका सुरक्षाकर्मीले अध्ययन गरिरहेका पनि बुद्ध एयरले जनाएको छ ।

बुद्ध एयरका पोखरा प्रमुख गौतम बरालका अनुसार भीम परियार नामका यात्रु जहाजको १- सी/डी अर्थात् इमर्जेन्सी ढोका भएको सिटनेर बसेका थिए। उनले आपत्‌कालीन ढोका खोलेपछि उडान रद्द गरिएको र यात्रुहरुलाई अर्को जहाजबाट काठमाडौँ  पठाउन लागिएको छ ।

विमानस्थलकी प्रवक्ता जसोदा रेग्मीले यात्रुले झुक्किएर ढोका खोलिएको बताइन् । मैले उहाँ (म्याग्दीका भीम परियार) लाई पनि सोधे । उहाँले झुक्किएर खुट्टाले खुल्न गएको भनेर भन्नुभयो,’ रेग्मीले भनिन्, उहाँलाई के गर्ने भन्नेबारे छलफल गरिरहेका छौँ ।’

ग्राउन्डमै उड्ने क्रममा ढोका खुलेको र बुद्ध एयरसँगको छलफलपछि विमान उडान सुरु हुने प्रवक्ता रेग्मीले सुनाइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->