आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

दुर्घटना हुनबाट बचेको बुद्ध एयरका यात्रु भन्छन्: धन्न बाँचियो !

दुर्घटना हुनबाट बचेको बुद्ध एयरका यात्रु भन्छन्: धन्न बाँचियो !


  • ढोरपाटन संवाददाता
  • पुष ५ २०८०, बिहिबार

पोखरा / दुर्घटना हुनबाट बचेको बुद्ध एयरका एक यात्रुले एक यात्रुले आज आफुहरु धन्न बाँचिएको बताएका छन्। आज बिहान ९ बजेको बुद्ध एयरको उडान नं. ६५२ को जहाज ९ वजे ४० मा पोखराबाट काठमाडौं उड्न लाग्दा आकस्मिक ढोका खुलेपछि उडान स्थगित भएको थियो ।

सोही उडानका यात्रु  यादव देवकोटाले आफ्नो एक्स ह्यान्डलमा विमानको तस्बिरसहित लेखेका छन्, ‘अहिले भर्खर बुद्ध एयरको ९:०० बजेको पोखरा काठमाडौँ उडानका लागि प्लेन चढियो। चढिवरी प्लेन स्टार्ट भएपछि इमरजेन्सी ढोका स्वाट्ट भित्र आयो। जहाजमा यात्रुहरूको कोलाहल। उडिसकेपछि यस्तो भएको भए के हुन्थ्यो होला ! धन्न बाँचियो भन्ने त होला नि !’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->