आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

गण्डकी विश्वविद्यालयमा आंशिक शिक्षक नै डीन !

गण्डकी विश्वविद्यालयमा आंशिक शिक्षक नै डीन !

पाँच संकायका एकै डीन, अख्तियारमा उजुरी ।


  • ढोरपाटन संवाददाता
  • पुष १३ २०८०, शुक्रबार

पोखरा/ गण्डकी विश्वविद्यालय विज्ञान तथा प्रविधि संकायका डीन कपिल अधिकारीविरुद्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दुईवटा उजुरी परेका छन् । अधिकारीको डीन नियुक्तको विषयलाई लिएर उजुरी परेको हो ।

विद्यालय संगठन र शैक्षिक प्रशासन नियमावली, २०७७ विपरीत अधिकारीलाई डीन नियुक्त गरेको भन्दै छानविनसहित कारवाहीको माग गर्दै अख्तियारमा उजुरी परेको हो । गण्डकी विश्वविद्यालयको स्नातक तहमा पाँच वटा कार्यक्रमहरु संचालन गरिरहेको छ । तर, अधिकारीलाई पाँचवटै संकायका कार्यक्रमको डीनको रुपमा कार्यभार संचालनको जिम्मेवारी दिइएको छ । गण्डकी विश्वविद्यालयको स्थापना, व्यवस्थापन र सञ्चालन गर्न बनेको ऐनले पनि स्पष्ट रुपमा संकायअनुसार डीन रहने व्यवस्था गरेको छ । उक्त ऐनको दफा २९ (१) मा भनिएको छ, ‘संकाय प्रमुखको रुपमा कार्य गर्न प्रत्येक संकायमा एक जना डीन रहनेछ ।’ ऐन अनुसार चार संकायमा डीन नियुक्त भएका छैनन् ।

स्रोतका अनुसार अधिकारीमात्र डीन बनाउनु नियोजित हो । डीनका लागि योग्य व्यक्ति हुँदाहुँदै पनि अयोग्यलाई डीन नियुक्ति गरिएको विश्वविद्यालयका एक प्राध्यापकको भनाइ छ। ‘हिजो संघको अधिकार पाएना भन्दै भन्यौं, संघले एक्लौटी र मनोमानी ग¥यो पनि भन्यौँ तर आज प्रदेशमै समेत मनोमानी भइरहेको छ,उनले भने, ‘यहाँ त कानून विपरीत डीन नियुक्ति भएको छ । भोलि अर्को संकायको प्रमुखमा उसैले हस्ताक्षर गर्छ त्यो कसरी मान्य हुन्छ ?’

यस्तै विद्यालय संगठन र शैक्षिक प्रशाशन नियमावली, २०७७ को परिच्छेद– को नियम ४६ मा डीनको ब्याख्या गरी डीनको व्यवस्था योग्यता र अनुभवको आधारमा गरिनेछ भनी उल्लेख छ । सोही नियमावली को नियम ४६ को उपनियम (१) मा लेखिएको छ, ‘सम्बन्धित संकायका प्राध्यापक वा सह–प्राध्यापक मध्येबाट डिनको नियुक्ति गरिनेछ ।’ उक्त कानूनी व्यवस्था विपरीत डीन नियुक्त गरिएको उजुरीमा जिकिर गरिएको छ ।

पृथ्वीनारायण क्याम्पसका (पिएन) प्रमुख सरोज कोइरालाले आशिंक शिक्षक र प्राध्यापकमा धेरै फरक भएको बताए । उनले कपिल अधिकारी डीन हुनुअघि पिएन क्याम्पसका आंशिक शिक्षक भएको जानकारी दिए । ‘उहाँ पहिला आंशिक शिक्षक हुनुहुन्थ्यो । अहिले डीन हुन जानुभएको छ,’ उनले भने । उप प्रध्यापक प्रमोसन भएर सहप्राध्यापक र त्यसपछि मात्रै प्राध्यापक हुने व्यवस्था रहेको छ ।
गण्डकी विश्वविद्यालयले हाल खेलकुद व्यवस्थापन (बीएसएम), सूचना प्रविधि (बीआइटी), फार्मेसी (बीफर्मा), ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेसन (बीबीए) र ब्याचलर अफ आर्ट्स ब्याचलर अफ ल (बीएलएलबी) को अध्यापन गराउँदै आइरहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->