शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३
  • २३ असोज २०८३ , शुक्रबार
  • October 9 2026

दोस्रो खेलमा डायण्डले आर्मीलाई हरायो

दोस्रो खेलमा डायण्डले आर्मीलाई हरायो


  • ढोरपाटन संवाददाता
  • माघ १ २०८०, सोमबार

पोखरा/ टाइगरग्रुप अप पोखराको आयोजनामा आज देखि चौथो संस्करणको टाइगरकप राष्ट्रिय तथा अन्तरास्ट्रिय आमन्त्रित महिला पुरुष भलिबल प्रतियोगिताको महिलातर्फको दोस्रो खेलमा न्यु डायमण्डले आर्मीलाई ३-१ को सेटमा हराएको छ ।

पहिलो सेटमा चन्द्रागिरि नगरपालिका न्यु डायमण्डले पहिलो सेट २५-२० ले आफ्नो पक्षमा पार्‍यो । दोस्रो सेट २५-१७ ले आफ्नो पक्षमा पार्‍यो ।
तेस्रो सेट भने आर्मीको पक्षमा रह्यो । आर्मीले २५-२३ को जित हासिल गरे पनि चौथो सेटमा आर्मी माथी २५-१५ को जित हासिल गरेको हो ।
यस अघि एपिएफले पुलिसलाई ३-२ को सेटमा पाखा  लगायो ।


(तस्विर : वसन्त शेर्पा)

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->