सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

टाइगर कप भलिबल : पुरुष तर्फ एपिएफको जित

टाइगर कप भलिबल : पुरुष तर्फ एपिएफको जित


  • ढोरपाटन संवाददाता
  • माघ १ २०८०, सोमबार

पोखरा / पोखरा रंगशालामा जारी टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब महिला तथा पुरुष भलिबलमा एपिएफले नेपाल पुलिसलाई ३-० को सोझो सेटमा हराउँदै विजयी सुरुवात गरेको छ । एपीएफले २५-१८ ले पहिलो सेट आफ्नो पक्षमा पार्‍यो । दोस्रो सेट पुलिस २४-१८ को स्थितिमा रहेपनी एपीएफले लगातार अंक बटुल्दै २४-२४ को स्थितिमा पुर्‍याएको थियो । खेल ३१-३१ को बराबरीमा पुगेको थियो । त्यसपछी एपिएफले ३३-३१ ले उक्त सेट आफ्नो पक्षमा पार्न सफल भयो ।

तेस्रो सेटमा एपिएफले २५-१७ को सहज जित निकालेको हो ।
यस अघि महिला तर्फको खेलमा एपिएफले नेपाल पुलिसलाई ३-२ को सेटमा र न्यु डायमण्डले त्रिभुवन आर्मी क्लबलाई ३-१ को सेटमा हराएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->