सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

टाइगरकप : महिला तर्फ गण्डकीको कम्जोर प्रदर्शन

टाइगरकप : महिला तर्फ गण्डकीको कम्जोर प्रदर्शन


  • ढोरपाटन संवाददाता
  • माघ २ २०८०, मंगलबार

पोखरा / पोखरामा जारी चौथो संस्करणको टाइगरकपमा गण्डकीको महिला टिमको पहिलो खेलमा लज्जास्पद हार भएको छ ।

टाइगर ग्रुप अफ पोखराको आयोजनामा पोखरा रंगशालामा जारी चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब पुरुष तथा महिला भलिबल च्याम्पियनसिपको महिला तर्फ समुह ए मा नेपाल पुलिसले गण्डकीलाई ३-० को सोझो सेटमा हराएको छ ।


तीन भारतीय खेलाडी लिएर पुलिसको सामना गरेको गण्डकीलाई दोहोरो अंक जोड्न समेत धौधौ पर्‍यो ।
पहिलो सेटमा पुलिसले गण्डकीलाई २५-१० को अती फराकिलो जित हासिल गर्‍यो । दोस्रो सेटमा गण्डकीको झन खस्कदो प्रदर्शन रह्यो । पुलिसले दोस्रो सेटमा २५-९ को जित हासिल गर्‍यो । तेस्रो सेटमा २५-१६ ले आफ्नो पक्षमा पारेको हो । खेलको टाइगर अफ दि म्याच पुलिसकी उषा भण्डारी घोषित भइन ।
यस  पछि महिलातर्फ समुह बि मा रहेको त्रिभुवन आर्मी र भारतको हरियाणा टिम बिच हुदैछ ।
पुरुषतर्फ भने आज एपिएफ र श्रीलंका आर्मी टिम र दोस्रो खेल आर्मी र हेल्प नेपाल बीच हुनेछ ।

(तस्वीर : वसन्त शेर्पा  )

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->