पोखरा / पोखरा महानगरपालिका १७ विरौटा स्थित सुशान्त टोलमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
” जीवन अमूल्य छ बाचौं र बचाउ” भन्ने नाराका साथ सु-शान्त क्लव विरौटाले स्थापनाको प्रथम वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको हो ।
प्रादेशिक रक्तसञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रममा ३९ युनिट रगत संकलन भएको क्लवका अध्यक्ष टिकाराम पौडेलले जानकारी दिएका छन् ।
सोही क्रममा गण्डकी प्रदेश सभा सदस्य प्रकाश बराललाई क्लवको विधानअनुसार मानार्थ सदस्यता प्रदान गरिएको अध्यक्ष पौडेलले सुनाए ।
कार्यक्रममा अध्यक्ष पौडेलले वार्षिक प्रतिवेदन सहित भावी कार्य योजना प्रस्तुत गरेका थिए ।
सुशान्त क्लवले प्रत्येक महिनाको पहिलो शनिवार टोल सरसफाई, चाडपर्वहरुमा पिङ राख्ने तथा बालबालिका वृद्धवृद्धालाई एकापसमा अनुभव साटासाट गर्ने वातावरण सिर्जना गर्ने कार्यक्रमहरु गर्दै आईरहेको छ । खेलकुद, योग शिविर, वृद्धवृद्धालाई भ्रमण, देउसी भैलो ,भजनकृतन लगायतका कार्यक्रमहरु समेत गर्दै आइरहेको छ ।
सनिबार सम्पन्न कार्यक्रमको उद्घाटन प्रदेशसभा सदस्य प्रकाश बरालले गरेका थिए भने, क्लबका अध्यक्ष टिकाराम पौडेलले ब्लड ब्याग हस्तन्तर गरेसँगै पहिलो रक्तदाताको रुपमा सांसद बराल रहेका थिए ।
कार्यक्रममा सु शान्त टोल सुधार समितिका अध्यक्ष मिन बहादुर रानाभाट, प्रादेशिक रक्त सञ्चार केन्द्रका वरिष्ठ प्राविधिक महेन्द्र केसी लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा स्वागत मन्तब्य क्लबका सदस्य शिला सिग्देलले गरेकी थिइन् ।





