आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

कांग्रेस महामन्त्री गगन थापा ‘संवाद यात्रा’मा निस्किँदै

कांग्रेस महामन्त्री गगन थापा ‘संवाद यात्रा’मा निस्किँदै


  • ढोरपाटन संवाददाता
  • माघ ९ २०८०, मंगलबार

काठमाडौं / नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा ‘संवाद यात्रा’मा निस्कने भएका छन् । प्रतिनिधिसभा सदस्यसमेत रहेका महामन्त्री थापा संवाद यात्रा लिएर वडा तहसम्म पुग्न लागेका हुन् ।

‘संवाद यात्रा । अब तपाईंसँग मेरो भेट तपाईंकै गाउँमा, तपाईंकै ठाउँमा,’ उनले मंगलबार सामाजिक सञ्जालमार्फत भनेका छन् । थापाले ‘समुदायसँग कांग्रेस’ अभियानको अवसरमा संवाद यात्रा गर्ने तयारी भएको बताए । उनका अनुसार संवाद यात्रा माघ १३ गते झापाको भद्रपुर–५ मेचीपुलबाट सुरु हुने छ ।

“समुदायमा कांग्रेस अभियान अन्तर्गत म माघ १३ गते भद्रपुर वडा नम्बर ५ मेचीपुल भन्सारबाट तपाईंसँगको संवाद यात्रामा हुने छु,” उनले भने ।

कांग्रेसले पहिलो चरणको समुदायमा कांग्रेस अभियान अन्तर्गत माघ २६ सम्मको कार्यक्रमको तालिका सार्वजनिक गरेको छ । दोस्रो चरणको कार्यक्रम पार्टी महासमिति बैठकपछि हुने कांग्रेसले जानकारी दिएको छ ।  पार्टीले पाँच महत्त्वपूर्ण उद्देश्य राखेर अभियान सञ्चालन गर्ने जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->