आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

स्वतन्त्रता सेनानी द्रौपदाको १०२ वर्षमा निधन, पूर्व मुख्यमन्त्री पोखरेललाई मातृशोक

स्वतन्त्रता सेनानी द्रौपदाको १०२ वर्षमा निधन, पूर्व मुख्यमन्त्री पोखरेललाई मातृशोक


  • ढोरपाटन संवाददाता
  • माघ १० २०८०, बुधबार

पोखरा/ गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई मातृशोक परेको छ । पोखरेलकी आमा स्वतन्त्रता सेनानी द्रौपदाको १०२ वर्षको उमेरमा मंगलबार बिहान काठमाडौं रानीबारीस्थित आफ्नै निवासमा निधन भएको हो । द्रौपदा कान्छा छोरा सुवाससँग थिइन् ।

तनहुँको म्याग्देमा जन्मेकी द्रौपदाको १९९२ सालमा तनहुँ राम्चेकै गोवद्र्धन शर्मा पोखरेलसँग विवाह भएको थियो । २००७ सालको क्रान्ति र त्यसभन्दा अघिदेखि नै प्रजातन्त्रका लागि जुध्दै आएकी द्रौपदा नेपाली कांग्रेसको केन्द्रीय सदस्य समेत भइकी थिइन् । पति गोवद्र्धन शर्मालाई राजनीतिमा लाग्न प्रेरित गर्ने उनी आफू परिवार सम्हालेर समाज सुधारको अभियानमा लागेकी थिइन् ।

पटकपटकको सर्वश्वहरण, पतिमा लामो निर्वासन, पति गोवद्र्धनले दलितसँगै बसेर खाना खाएपछिको सामाजिक बहिस्कारजस्ता उल्झन खेप्दै ४ छोरा अनि २ छोरी हुर्काएकी द्रौपदा संघर्षको अर्को नाम भएको कांग्रेसीहरु बताउँछन् । २००७ सालको क्रान्तिअघि उनी स्थानीय महिला संघको अध्यक्ष बनेकी थिइन । पतिका नाममा तनहुँमा स्थापित गोवद्र्धन शर्मा स्मृति ट्रस्टको संस्थापक अध्यक्ष उनी हाल संरक्षक थिइन् ।

उनका पति गोवद्र्धन शर्मा पोखरेलको २०४६ वैशाख ९ गते निधन भएको थियो । द्रौपदाका ४ भाइ छोरा र २ छोरी छन् । द्रौपदाको मंगलबार नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ ।

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->